काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
डा. यादवले नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न खोजेका थिए।
जाहेरी दर्ताका लागि उनी समाजवादीका संघीय अध्यक्ष बाबुराम भट्टराई, समाजवादी र राजपाको सहमतिबमोजिम एकता हुने प्रक्रियामा रहेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलगायत नेता र कार्यकर्ताको ठूलो दलबल लिएर टेकुस्थित् प्रहरी परिसर पुगेका थिए।
आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याइएको र यहाँ ल्याएर होटलमा राखिएको डा. यादवको जिकिर थियो। प्रहरीले भने घटना महोत्तरीमा भएकाले महोत्तरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन सुझाव दिएको छ।
परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, “घटना महोत्तरीमा भएकाले यहाँ दर्ता गर्न मिल्दैन, उतै गएर दर्ता गर्नुुस् भन्ने सुझाव हामीले दियौं।”
" /> काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।डा. यादवले नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न खोजेका थिए।

">