पाेखरा। ट्रेकिङ एजेन्सिज एशाेसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले पर्यटन श्रमिकलाई राहत वितरण गरेको छ।
टानमा आबद्ध १६० कम्पनीलाई पत्राचार गरेर कम्पनीमा आबद्ध अतिविपन्न मजदुरको नाम संकलन गरेर राहत वितरण गरेको बताइएको छ।
लकडाउनले पर्यटन सम्बद्ध विशेषगरी पथप्रदर्शक र भरियाका रूपमा काम गर्दै आएका ८६ श्रमिकलाई टानले आज राहत प्रदान गरेको सचिव जीवन सापकोटाले जानकारी दिए।
उनका अनुसार प्रत्येक श्रमिकलाई एक हजार ४०० रूपैयाँ बराबरको राहत दिएको र राहतमा १५ किलाे चामल, दुई किलाे दाल, एक पोका चना, मस्यौरा, एक लिटर तेल, नुन र साबुन प्रदान गरिएको छ।
“देशका विभिन्न जिल्लाबाट पोखरामा आएर पथप्रदर्शक र भरियाका रूपमा कार्यरत मजदुरको वर्तमान अवस्थालाई ध्यान दिएर ८६ जनालाई राहत वितरण गरेका हौँ”, सापकोटाले भने।
पोखरामा हाल अनुमति पत्र प्राप्त पथप्रदर्शक र भरिया गरी करीब एक हजार ५०० छन्। तीमध्ये पनि अति असहज अवस्थामा दैनिकी गुजारिरहेका मजदुरको पहिचान गरेर राहत वितरण गरेको टान अध्यक्ष हरि भुजेलले जानकारी दिए।
“राज्यले लागू गरेका टिम्समा (ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम) नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदुर कल्याणकारी कोषका लागि १० प्रतिशत छुट्याए पनि त्यो रकम मजदुरको कल्याणका लागि खर्च भएको छैन, अहिलेको विषम अवस्थामा मजदूरलाई त्यो कोषबाट राहत दिनुपर्छ”, उनले भने।
टानका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले लकडाउन खुले पनि पर्यटकको आगमन तत्काल हुन नसक्ने भन्दै सरकारले पदयात्रा व्यवसाय सञ्चालकलाई पनि विशेष प्याकेज ल्याएर राहत दिनुपर्ने बताए।
टानले पोखरा महानगरपालिकाको राहत कोषका लागि ५० हजार र वडा नं ६ काे वडा कार्यालयलाई ५० हजार रूपैयाँ समेत सहयाेग गरेकाे छ। रासस
" /> पाेखरा। ट्रेकिङ एजेन्सिज एशाेसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले पर्यटन श्रमिकलाई राहत वितरण गरेको छ।टानमा आबद्ध १६० कम्पनीलाई पत्राचार गरेर कम्पनीमा आबद्ध अतिविपन्न मजदुरको नाम संकलन गरेर राहत वितरण गरेको बताइएको छ।

">