काठमाडौं। डाटा र भ्वाइस कलमा विद्यार्थीहरूलाई सहुलियत दिन अनेरास्ववियूले नेपाल टेलिकमसँग माग गरेको छ।
अनेरास्ववियू संयोजक ऐन महरको नेतृत्वमा गएको टोलीले नेपाल टेलिकम प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई भेटेर सहुलियत दिन माग गरेको हो।
विश्वविद्यालयहरूले लकडाउनका कारण अनलाइन कक्षा शुरू गरेको तर, टेलिकमको सेवा विद्यार्थीलाई महँगो भएकाले सम्भव भएसम्म निःशुल्क दिन माग गरिएको संयोजक महरले जानकारी दिए।
उनका अनुसार निःशुल्क गर्न नसकिएको खण्डमा विद्यार्थीहरूलाई विशेष सहुलियत दिन माग गरिएको हो।
टेलिकमको सेवा सबैको पहुँचमा हुने गरी र सबै ठाउँमा दिने गरी अगाडि बढाउन आग्रह गरिएको संयोजक महरको भनाइ छ।
छलफलका क्रममा प्रबन्ध निर्देशक अधिकारीले अनेरास्ववियूकाे मागप्रति सकारात्मक देखिएको र विद्यार्थीलाई सहुलियत सेवा छिट्टै लागू गरिने प्रतिबद्धता जनाएका थिए।
त्रिभुवन विश्वविद्यालयलगायतका देशभरका अन्य विश्विद्यालयले अनलाइन कक्षा शुरू गरिसकेका छन्। यस्तो अस्वस्थामा विद्यार्थीलाई सेवा महँगो पर्न सक्ने भन्दै अनेरास्ववियूले टेलिकमसँग यस्तो माग गरेको हो।
" /> काठमाडौं। डाटा र भ्वाइस कलमा विद्यार्थीहरूलाई सहुलियत दिन अनेरास्ववियूले नेपाल टेलिकमसँग माग गरेको छ।अनेरास्ववियू संयोजक ऐन महरको नेतृत्वमा गएको टोलीले नेपाल टेलिकम प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई भेटेर सहुलियत दिन माग गरेको हो।

">