विराटनगर। सुनसरीको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ। प्रतिष्ठानमा एक साता अवधिमा अस्पताल तयार गरिएको हो।
१०० बेडको आइसोलेसन भएको अस्पतालमा १० बेड आईसीयू रहने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए। धरानमा निर्माण गरिएको कोभिड-१९ अस्पतालमा छुट्टै एक्सरे सेवा, भिडिओ एक्सरे र भविष्यमा सीटी स्क्यान प्रविधि जडान गर्ने योजना छ।
संघीय सरकारले यस प्रतिष्ठानलाई कोभिड- १९ उपचारको लागि 'लेभल-३' अस्पतालको स्तरमा वर्गीकरण गरेको छ। यहाँ कोभिड-१९ यकिन गर्न थ्रोट स्वाब नमूना परीक्षण गर्ने पीसीआर उपकरणसहितको प्रयोगशाला यसअघि नै संचालन गरिसकिएको छ।
प्रतिष्ठानको हाताभित्र रहेको पुनर्स्थापना केन्द्रमा संचालन गरिएको अस्पतालको प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेका छन्। उनले कोभिड-१९ को महामारीविरुद्ध जुध्न प्रदेश सरकारले भरपर्दो तयारी गरिरहेकोले विचलित नहुन आग्रह गरे।
संक्रमण देखिएको क्षेत्रमा परीक्षणलाई तीब्र बनाइएको, बिरामीहरूको उपचारमा संवेदनशील रहेको भन्दै लकडाउनको पूर्ण पालना गर्न र सरकारका निर्णय र निर्देशनलाई पालना गर्न राईले अनुरोध गरेका छन्।
यसअघि विराटनगरस्थित् कोशी अस्पताल मातहत रहने गरी प्रदेश सरकारले ५० बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइसकेको छ। त्यहाँ हाल कोभिड-१९ का ३० जना बिरामीको उपचार भइरहेको छ।
सबैभन्दा बढी २८ जना संक्रमित भेटिएको उदयपुर जिल्लालाई कोरोना विशेष क्षेत्र घोषणा गरी परीक्षण र उपचारको लागि त्यहीँ अस्पताल बनाउने गरी प्रक्रिया थालिएको छ।
नेपाली सेनाको बेलसोत क्याम्पमा अस्थायी कोरोना अस्पताल बनाउन सम्भाव्यता अध्ययन र निरीक्षण गर्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे हिजो, १३ वैशाखमा उदयपुर पुगेका थिए।
" /> विराटनगर। सुनसरीको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ। प्रतिष्ठानमा एक साता अवधिमा अस्पताल तयार गरिएको हो।१०० बेडको आइसोलेसन भएको अस्पतालमा १० बेड आईसीयू रहने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए। धरानमा निर्माण गरिएको कोभिड-१९ अस्पतालमा छुट्टै एक्सरे सेवा, भिडिओ एक्सरे र भविष्यमा सीटी स्क्यान प्रविधि जडान गर्ने योजना छ।

">