झापाका ५० वर्षीय पुरुषमा कोरोना पोजिटिभ, संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौं। नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।
झापाका ५० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणका क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो।
उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
यसअघि झापामा एक जनामा कोभिड-१९ देखिएको थियो।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्