बागलुङ। कोभिड-१९ ले जिल्लामा निम्त्याएको जोखिमको स्थितिमा महीना दिनपछि केही सुधार आएको छ। गत चैतमा लगातार दुई संक्रमित भेटिएपछि सन्त्रासको ताप एकाएक बढेको थियो। बागलुङ संक्रमणको केन्द्र बन्ने लख कतिपयले काटेका थिए।
जिल्लाको पहिलो संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया अंशु सापकोटाको पछिल्लो परीक्षण रिपोर्टले भने बागलुङलाई केही राहत दिलायो। सापकोटा र जिल्लाको दोस्रो संक्रमित सोही नगरपालिका-३ की ६५ वर्षीया मनकुमारी पौडेल पनि कोरोनालाई जितेर घर गइसकेकी छन्।
दुवै संक्रमित कोरोनामुक्त भएपछि जिल्लामा जोखिमको स्तर घटेको महसुस गरिएको छ। “जिल्लामा भेटिएका दुवैजना बिरामी संक्रममुक्त भएपछि जोखिम केही घटेको मान्न सकिन्छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने, “थप संक्रमण हुन नदिन नयाँ रणनीतिका साथ काम थाल्नुपर्छ, विशेष सतर्कता अपनाउनुपर्छ।”
उनले अबको जोखिम छिमेकी मुलुक भारतबाट आएकाबाट हुन सक्ने उल्लेख गरे। अहिले उद्धारका क्रममा राजधानीलगायत ठूला शहरबाट जिल्ला भित्रनेहरूलाई विशेष निगरानीमा राख्नुपर्ने कार्यालय प्रमुख गुरौको भनाइ छ।
“दुवैजना संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङ गरी सबैलाई जाँच्दा कोरोना देखिएन”, उनले भने, “अब बाहिरबाट संक्रमण भित्रन दिएनौँ भने जिल्लाभित्र रोकथाम गर्न सकिन्छ, यसमा सबै पक्षको साथ चाहिन्छ।”
जिल्ला संकट व्यवस्थापन समितिले पनि बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य ‘होम क्वारेन्टाइन’मा राख्न स्थानीय तहलाई आग्रह गरेको छ। उनीहरूको यात्रा विवरण, स्वास्थ्य अवस्था र व्यक्तिगत जानकारीको समेतको लिखत राख्न भनिएको छ।
एकसाथ सयौँको संख्यामा मानिस जिल्ला छिरेकाले भोलि यदि कसैमा संक्रमण देखिइहालेमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्न गाह्रो हुने समितिको बुझाइ छ। त्यसले गर्दा समुदायमा संक्रमण फैलने जोखिम उच्च हुन्छ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार १२२ मा द्रुत जाँच (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ६३ जनामा ‘पीसीआर’ विधिबाट कोरोना जाँच गरिएको छ। जाँचिएका सबैको रिपोर्ट नेगेटिभ छ। दुवै संक्रमितका परिवारका सदस्य, सँगै यात्रा गरेका, भौतिक सम्पर्कमा आएका र छिमेकीमा कोरोना देखिएको छैन।
काठेखोला गाउँपालिका-६ की ६५ वर्षीया महिलामा द्रुत जाँचका क्रममा पोजिटिभ देखिए पनि ‘पीसीआर’मा संक्रमण नरहेको पुष्टि भएको थियो। यसबीचमा कोरोनाको आशंकामा उपचारमा ल्याइएका केही व्यक्तिमा समेत कोरोना जाँचियो।
विदेशबाट आएका मात्र झण्डै ९०० भन्दा बढीमा कोरोनाको आरडिटी गरिएको थियो। शंकास्पद व्यक्तिमा अहिले पनि नियमित जाँच भइरहेको छ। लकडाउनको पालना, भौतिक दूरी कायम, जाँच वृद्धि, निगरानी र सावधानी बढाउनुपर्नेमा जिल्लावासीको साझा मत छ।
संक्रमितको हेरचाह र उपचार गरेका धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बागलुङ तत्काललाई कोरोनाका बिरामीमुक्त भए पनि सुरक्षित भने भइनसकेको बताए। “दुईजना बिरामीलाई निको बनाउन हामी सफल त भयौँ तर यसैमा ढुक्क भएर बस्ने अवस्था छैन”, उनले भने, “सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ।” अन्य जिल्लामा दिनदिनै संक्रमित फेला परेकाले जोखिम कायमै रहेको उनको भनाइ छ।
प्रमुख चिकित्सक पोखरेलले लकडाउन खुकुलो बनाइहाल्दा स+क्रमण फैलने डर रहेको बताए। “विशेषगरी भारतलगायत देशकै बाहिरी जिल्लाबाट आउने व्यक्तिसँगै संक्रमण भित्रने जोखिम हुन्छ”, उनले भने, “हामी सबै सजग हुनु आवश्यक छ, सरोकार भएका पक्षले पनि सोही बमोजिम योजना तय गर्नुपर्छ।”
चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन र नागरिक क्षेत्रको सहकार्यबाट अस्पतालले संक्रमितको हेरचाह, उपचार र व्यवस्थापनमा सफलता पाएको उनको भनाइ छ। अस्पतालले आइपर्ने जोखिमलाई दृष्टिगत गरेर आइसोलेसन शय्या थपलगायत पूर्वाधार तयारीका कामलाई अघि बढाएको छ। ‘भेन्टिलेटर’ जडान, सघन उपचार कक्ष ‘आईसीयू’ सञ्चालनको तयारी पनि भइरहेको छ। रासस
" /> बागलुङ। कोभिड-१९ ले जिल्लामा निम्त्याएको जोखिमको स्थितिमा महीना दिनपछि केही सुधार आएको छ। गत चैतमा लगातार दुई संक्रमित भेटिएपछि सन्त्रासको ताप एकाएक बढेको थियो। बागलुङ संक्रमणको केन्द्र बन्ने लख कतिपयले काटेका थिए।जिल्लाको पहिलो संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया अंशु सापकोटाको पछिल्लो परीक्षण रिपोर्टले भने बागलुङलाई केही राहत दिलायो। सापकोटा र जिल्लाको दोस्रो संक्रमित सोही नगरपालिका-३ की ६५ वर्षीया मनकुमारी पौडेल पनि कोरोनालाई जितेर घर गइसकेकी छन्।

">