काठमाडौं। सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको हो।
कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसका आधारमा हाललाई लकडाउनको अवधि बढाउने निर्णय भएको भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले देखापढीलाई बताइन्।
यसअघि २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढाएको लकडाउनको समय भोलि राति १२ बजे सकिँदै थियो।
यसअघि उच्चस्तरीय समितिको हिजो १३ वैशाखमा बसेको बैठकले आन्तरिक तथा हवाई उडान आउँदो २ जेठसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।
मन्त्रिपरिषद्को १२ वैशाखको बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम समितिले हिजै कार्यदल बनाएको थियो।
कार्यदलले एक हप्ता अवधि बढाउने सुझावसहितको प्रतिवेदन समितिलाई बुझाएको थियो।
कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै सरकारले ११ चैतदेखि नेपालभर लकडाउन लागू गरेको थियो।
हालसम्म नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन्।
" /> काठमाडौं। सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको हो।

">