कोरियामा नेपाली श्रमिक पठाउने सरकारकाे निर्णय
<p>काठमाडाैं। कोरियामा रोजगारीका लागि जाने नेपाली युवाहरूलाई जान दिने सरकारले निर्णय गरेको छ।</p>
<p>आज बसेको मन्त्रिपरिषदको बैठकले दुई देशको सहमतिमा इपीएस अन्तर्गत कोरियामा श्रम गर्न जाने नेपालीलाई पठाउने निर्णय गरेको हो।</p>
<p>अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने, “इपीएस अन्तर्गत् कोरियामा श्रम गर्न जाने श्रमिकहरुलाई दुइ देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ।” </p>
प्रतिक्रिया दिनुहोस्