विगत एक महीनादेखि भएको लकडाउनले बीमा क्षेत्रलाई पनि प्रभावित गरेको छ। लकडाउनकै बेलामा पनि बीमा क्षेत्रका कामहरू नियमित छन्।
बीमा कम्पनीले नयाँ बीमा गर्ने भन्दा पनि पहिले नै गरिएको बीमालाई नविकरण गर्नका लागि जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले विद्युतीय माध्यमबाट काम गरिरहेका छन्।
नेपालका बीमा कम्पनीहरूले २०७६ सालको फागुन महीनासम्ममा ८० अर्ब रूपैयाँ प्रिमियम संकलन गरेका थिए। जीवन बीमा कम्पनीहरूले ६२ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले १८ अर्ब रूपैयाँ प्रिमियम संकलन गरेका थिए।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरूले ९० अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब रूपैयाँ प्रिमियम संकलन गर्ने सम्भावना छ।
गत वर्ष जीवन बीमातर्फ ७५ अर्ब र निर्जीवन बीमातर्फ २५ अर्ब रूपैयाँ प्रिमियम संकलन भएको थियो। लक्ष्यअनुसार नै प्रिमियम संकलन भएमा गत वर्षको भन्दा बढी प्रिमियम संकलन हुन्छ। सोहीकारण, अहिले तत्कालको अवस्थामा बीमा क्षेत्रमा हतोत्साहित हुनुपर्ने अवस्था छैन। यद्यपी, बैंकको ब्याजदरले केही समस्यामा पार्छ कि भन्ने डर छ। भर्खर खुलेका नयाँ बीमा कम्पनीहरूलाई केही समस्या भए पनि पुराना कम्पनीहरूलाई अहिले तत्काल समस्या आइसकेको छैन।
कोभिड–१९ को दुस्प्रभावको कारण जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीलाई केही समस्या परेको छ। सवारी साधन लगायतको बीमा घटेको छ। आगामी दिनमा नेपालको अर्थतन्त्रको बाटो र रेमिट्यान्समार्फत् भित्रिने रकमले नेपालको बीमा क्षेत्रको भविष्य निर्धारण हुन्छ। रेमिट्यान्समार्फत् भित्रिने रकम घटे पनि कृषि क्षेत्रबाट हुने बीमाले प्रिमियम संकलन बढ्न सक्नेमा आशावादी छौँ।
यद्यपी, भविष्यमा बेरोजगारी बढ्दै गयो भने पक्कै पनि बीमा कम्पनीहरूको नाफामा गिरावट आउँछ। बीमा क्षेत्रमा आजकै दिनमा तुरून्तै असर देखिदैन। यो दीर्घकालमा राज्यले लिने नीतिमा भर पर्छ।
कोभिड-१९ बीमा
महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को बीमा गर्न शुरू गरेका छौँ। तर, विदेशी पुनर्बीमा कम्पनीहरूले कोरोनाको पुनर्बीमा नगर्ने भएकाले आफ्नै क्षमताको आधारमा यो बीमा शुरू गरेका हौँ।
हुन त महामारीलाई बीमाले समेट्दैन। तर, हामी एक कदम अघि बढेर यसको बीमा गर्न लागेका छौँ। सोहीकारण, विश्वभर कतै नहुने बीमा नेपालका बीमा कम्पनीहरूले गरे भनेर आलोचना शुरू भएको छ। कोरोनाको बीमा शुरू नगरेको भए पनि नेपालका बीमा कम्पनीहरू के हेरेर बसेका छन् ? भन्ने प्रश्न आउन सक्थ्यो।
आलोचनाका बावजुद पनि पछिल्लो एक सातामा उत्साहजनक ढंगले प्रिमियम संकलन गरेका छौँ। एक साताको अवधिमा नेपालका बीमा कम्पनीमार्फत् ७१९ वटा कोभिड–१९ को बीमा पोलिसी सार्वजनिक भएका छन्। यस्तै, यस अवधिमा नेपालका १० हजार ६२९ जनाको कोरोना बीमा सम्पन्न भएको छ भने त्यसबाट ५७ लाख २१ हजार रूपैयाँ प्रिमियम संकलन भएको छ।
सामाजिक दायित्वबाट बीमा क्षेत्र अलग हुन सक्दैन भनेर हामीले यो पोलिसी ल्याएका हौँ। न्यून आय भएका वर्ग र फ्रन्टलाइनमा बसेर काम गर्ने मानिसहरूलाई आर्थिक सहयोग पुगोस् भनेर यो बीमा योजना ल्याइएको हो।
कोभिड–१९ को सबै उपचार खर्च सरकारले बेहोर्छ। बिरामीको कुरूवाका लागि खान, बस्न पैसा चाहिन्छ। केही गरी जागिरबाट निकालिएको खण्डमा पनि उसलाई राहत हुन्छ भनेर कोभिड–१९ बीमा योजना ल्याइएको हो।
कोभिड–१९ बीमा योजनाबाट नेपाली बीमा कम्पनीहरू सफल भएमा यसले विश्वका बीमा कम्पनीहरूलाई महामारीको पनि बीमा गर्न सकिन्छ भनेर सन्देश दिन्छ। नेपालमा पनि कोभिड–१९ का बिरामीको संख्या विदेशमा जस्तै भए भने नेपालका बीमा कम्पनीहरू ठूलै समस्यामा पर्छन।
तर, कोभिड–१९ का बिरामी एक सयभन्दा तल वा त्यसकै वरिपरी रह्यो भने बीमा कम्पनीहरूले ठूलो रकम संकलन गर्छन्। हामीले यो दुई वटै अवस्था हेरेर यो पोलिसी ल्याएका हौँ।
कोरोनाका बिरामी थोरै भएर प्रिमियम धेरै संकलन भयो भने त्यो पैसाको सबै हिस्सा बीमा कम्पनीहरूलाई राख्न दिँदैनौ। स्वास्थ क्षेत्रको सुधारमा वा कुनै अस्पताललार्ई चाहिने आवश्यक सामग्री प्रदान गरेर अर्को उदाहरणीय काम गरिनेछ।
नेपालको अवस्था भयावह भएर थेग्नै नसक्ने अवस्था भयो भने सरकारसँग समन्वय गरेर बीमा क्षेत्रलाई डुब्न नदिने नीति समितिले लिनेछ। त्यसैले नेपालका बीमा कम्पनीहरू अहिलेकै अवस्थामा आत्तिनुपर्ने अवस्था छैन।
नेपालको बीमा क्षेत्रमा ठूलो संकट आएको छैन। यद्यपी, बीमा कम्पनीहरूको अनावश्यक र अनुत्पादक खर्च कटौती गर्न भने जरूरी छ।
(नेपालको बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भिडिओ कन्फ्रेन्समा राखेको धारणाको सम्पादित अंश)