नेत्रविक्रमका थप दुई कार्यकर्ता पक्राउ
<p>काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता नवलपरासीपूर्वबाट पक्राउ परेका छन् । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।<br />
<br />
नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट चन्द नेतृत्वको नेकपाका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विक पक्राउ परेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्