काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक सत्ता संर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भनेको छ।
कोभिड-१९ विरुद्ध एकढिक्का भएर लाग्नुपर्ने बेला नेकपाभित्र देखिएको शक्ति संघर्ष ‘लाजमर्दो’ भएको राप्रपाको टिप्पणी छ।
राप्रपा अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापाको उपस्थितिमा आज बसेको परामर्श बैठकले संबिधानको भावना विपरीत सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश त्यही विकृतिको पछिल्लो उदाहरण भएको बताएको छ।
‘चर्को जनदबाबपश्चात् उक्त अध्यादेश हाल फिर्ता भएको छ। संकटको अवस्थामा त्यस्तो कार्य दोहरिन नदिन तथा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने कुनैपनि कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसँग राप्रपा अपील गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको तथा समाजवादी पार्टी फुटाउने प्रयासमा स्वयं सरकार र सत्तारुढ दल लागेको जानकारी आएको भन्दै राप्रपाले विरोध जनाएको छ। उसले यस विषयमा सत्यतथ्य पत्ता लगाई दोषीउपर कानूनी कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।
राप्रपाले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण पनि गरेको छ ।
स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पुर्याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण व्यवस्थित र पारदर्शी गर्न आग्रह गरेको छ।
यसैगरी, उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यावसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न तथा विदेशमा रहेका नेपालीको स्वास्थ र रोजगारी सुरक्षाका लागि उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न आग्रह गरेको छ ।
कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीका निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न समेत राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक सत्ता संर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भनेको छ।कोभिड-१९ विरुद्ध एकढिक्का भएर लाग्नुपर्ने बेला नेकपाभित्र देखिएको शक्ति संघर्ष ‘लाजमर्दो’ भएको राप्रपाको टिप्पणी छ।

">