आईपीएल अनिश्चित बनेसँगै भर्खरै नियुक्त भएका क्रिकेट एड्भाइजरी कमिटी (सीएसी) सदस्य मदन लालले पनि धोनीको अन्तर्राष्ट्रिय करिअर यात्रा कठिन मोडमा पुगेको बताएका छन्।
तथापी यस विषयमा टीम व्यवस्थापन, मुख्य प्रशिक्षक, कप्तान तथा छनोट समितीले धोनीको भविष्यबारे के सोचेको छ भन्नेमा आफु अनभिज्ञ रहेको उनले बताएका छन्।
‘‘धोनीले आफ्नो अन्तर्राष्ट्रिय करिअरबारे छनोट समितीसामु स्पष्ट धारणा राख्नुपर्छ। त्यसो भयो भने उनीहरू पनि स्पष्ट रूपमा अघि बढ्न पाउछन्,’’ उनले भनेका छन्।
लामो समय क्रिकेट नखेलेका धोनीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पनि ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बाट हटाएको थियो।
बीसीसीआईले ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ गरी चार श्रेणीमा सिनियर खेलाडीको बर्गिकरण गरेको थियो। ती चारवटै श्रेणीमा धोनी अट्न सकेनन्।
भारतीय टीमका मुख्य प्रशिक्षक रवि शास्त्रीले पनि आईपीएलमा गर्ने प्रदर्शनले नै धोनीका लागि राष्ट्रिय टीमको यात्रा निर्धारण गर्ने बताएका थिए।
तर, आईपीएल अनिश्चित बनेपछि भने प्रशिक्षक शास्त्रीले यसबारे मुख खोलेका छैनन्। आईपीएल अनिश्चित बनेपछि १८ अक्टोबरदेखि अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि भारतीय राष्ट्रिय टीममा धोनीले स्थान पाउने सम्भावना पनि कठिन बनेको छ।
विकेटकिपर ब्याट्सम्यान धोनीलाई उत्कृष्ट ‘फिनिसर’ का रूपमा चिनिन्छ। धोनीले आफ्नो कप्तानीमा भारतलाई सबै किसिमका उपाधि जिताएका छन्।
२००७ देखि २०१६ सम्म कप्तानी गरेका धोनीले भारतबाट सबै स्वरूपको क्रिकेट गरी ३३२ खेल खेलेका छन्। त्यसमध्ये उनले १७८ खेल जिताएका छन्।
धोनीकै कप्तानीमा भारतले ट्वान्टी-२० विश्वकप २००७, एसिया कप २०१०, च्याम्पियन्स ट्रफी २०१३ तथा एकदिवसीय विश्वकप २०११ को उपाधि जितेको थियो।
आईसीसीका तीनवटै प्रतियोगिताको उपाधि जित्ने धोनी एक्लो कप्तान हुन्। टेष्ट क्रिकेटमा पनि धोनीको कप्तानीमा भारतले राम्रो नतिजा निकालेको थियो। त्यसैले उनी भारतीय क्रिकेटपे्रमीमाझ लोकप्रिय छन्।
तर, पछिल्लो समय भारतीय क्रिकेट टीममा उनको विकल्पमा थुप्रै परीक्षण गरिएको छ।
विश्वकपसम्म वा त्यो नभए विश्वकपपछि धोनीको विकल्प तयार गर्नका लागि भारतीय टीममा रिसभ पन्त, केएल राहुल, दिनेश कार्तिक, पार्थिव पटेललाई परीक्षण गरिएको छ। यसबाहेक भारतीय टीममा रिद्दिमान शाह सम्भावित अर्को नाम हुन्।
आईपीएल अनिश्चित बने पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप समयमै हुने जनाएको छ। त्यसकारण पनि धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर अझै धरापमा परेको छ।
भारतका पूर्वकप्तान तथा छनोट समितिका पूर्वअध्यक्ष क्रिस श्रीकान्तले पनि धोनीको सम्भावना न्यून भएको बताएका छन्।
‘‘म छनोट समितिमा भएको भए धोनीलाई टीममै राख्ने थिइँन,’’ स्टार स्पोर्टसको एक कार्यक्रममा श्रीकान्तले भनेका छन्।
धोनीकै कप्तानीमा खेलेका सहकर्मी गौतम गाम्भिरले पनि राष्ट्रिय टीममा धोनीको पुनरागमन गर्ने ढोका लगभग बन्द भएको बताएका छन्।
‘‘यो वर्ष आईपीएल भएन भने धोनीको पुनरागमन धेरै कठिन हुनेछ,’’ स्टार स्पोर्टस क्रिकेट कनेक्टमा गाम्भिरले भनेका छन्, ‘‘एक डेढ वर्ष उनले क्रिकेट खेलेका छैनन् भने उनलाई के आधरमा छनोट गर्ने ? उनको स्थान केएल राहुलले लिन सक्छन्। उनले ब्याटिङ र विकेटकिपर दुबैमा राम्रो गरिरहेका छन्। विकेटकिपिंगमा उनी धोनी जत्तिकै नहोलान् तर ट्वान्टी–२० क्रिकेट हेर्ने हो भने उनी ३ वा ४ नम्बर ब्याट्सम्यानमा उत्कृष्ट छन्।’’
आफू लयमा हुँदै सबैलाई आश्चर्यमा पारेर विराट कोहलीलाई कप्तानी सुम्पिएका धोनीले २०१४ मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए।
परिस्थिती अनुकुल नबन्दा सिमित ओभरको क्रिकेटबाट पनि सुखद सन्यास लिने धोनीको योजना दिनानुदिन कठिन बन्दै गएको छ।
" />आईपीएल अनिश्चित बनेसँगै भर्खरै नियुक्त भएका क्रिकेट एड्भाइजरी कमिटी (सीएसी) सदस्य मदन लालले पनि धोनीको अन्तर्राष्ट्रिय करिअर यात्रा कठिन मोडमा पुगेको बताएका छन्।

">