प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ पुग्यो, ५५१८ जनाको नमूना परीक्षण

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ जना पुगेको छ।

हिजो, १४ वैशाखमा झापामा थप एकजनामा पोजटिभ पाइएको हो। झापामा स्रक्रमण पुष्टि भएकाको संख्या दुईजना पुगेको छ।

त्यसबाहेक उदयपुरको त्रियुगा नगरपालिका-३ मा २८ जना र भोजपुरको हतुवागढी गाउँपालिकामा एक जना फेला परेका छन्।

सबैजना विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत् छन्।

यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१८ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

त्यसमध्ये आरडीटीबाट चार हजार ५४५ जना र पीसीआरबाटबाट ९७३ जनाको नमूना परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, १४ वैशासम्म एक हजार ७७१ जना पुगेको छ। ४७ जना डिस्चार्ज भएका छन्।

क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन्। कोरोना संक्रमणको आशंकामा स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ३० जना छन्। एकजना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्