उदयपुरका संक्रमितको 'ट्राभल हिस्ट्री' को आधारमा परीक्षण थालियो, सप्तरीमा ४३ जनाको नमूना संकलन
सप्तरी। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकामा ४३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

वडा नम्बर १ वैरवा र २ बरमझिया आसपासका ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए।

क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन्। क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको पनि आरडिटी परीक्षण गरिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले पीसीआर विधिबाट परीक्षणलाई तीब्र बनाएको छ।

दुई दिनअघि सप्तरीको बोदे बर्साइनबाट १६१ जनाको स्वाब सङ्कलन गरिएको थियो।

प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका-१ फत्तेपुर पुगेको छ ।

उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणिन्द्र ज्ञवालीले बताए।

यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडीटी गरिएको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्