काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वमा कुमार पन्त चयन भएका छन् । केहीबेर अघि सकिएको मतगणना अनुसार पन्तले अर्का उम्मेदवार कुल आचार्यलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । पन्तले एक हजार २१७ मत प्राप्त गरेका थिए भने आचार्यले एक हजार ७० मत प्राप्त गरेकाे निर्वाचन समितले जनाएकाे छ।
२८ कात्तिकदेखि काठमाडौंमा जारी एनआरएनएको नवौं विश्व सम्मेलन अन्तर्गत ३० असोजमा मतदान भएको थियो । करिब दुई हजार ५०० प्रतिनिधिमध्ये दुई हजार ३४४ मत खसेको थियो ।
महासचिवमा पन्त प्यानलकै डा. हेम शर्मा विजयी भएका छन्।
उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, बद्रि केसी, रविना थापा, सोनाम लामा र मन केसी निर्वाचित भएका छन्।
गौरी जोशी र आरके शर्मा सचिव तथा कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएकाे निर्वाचिन समितिले जनाएको छ।
" /> काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वमा कुमार पन्त चयन भएका छन् । केहीबेर अघि सकिएको मतगणना अनुसार पन्तले अर्का उम्मेदवार कुल आचार्यलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । पन्तले एक हजार २१७ मत प्राप्त गरेका थिए भने आचार्यले एक हजार ७० मत प्राप्त गरेकाे निर्वाचन समितले जनाएकाे छ।महासचिवमा पन्त प्यानलकै डा. हेम शर्मा विजयी भएका छन्।

">