सिंगापुर बन्यो कोरोना भाइरसबाट संक्रमित एशियाकै तेस्रो देश

सिंगापुर। एशियाको सानो जनसंख्या भएको मुलुक सिंगापुर विश्‍वकै धेरै जनसंख्या रहेका चीन र भारतपछि कोरोना भाइरस संक्रमणको दर उच्च हुने देश बनेको छ।

यस टापु देशमा आइतबार २४ घण्टामा कोभिड-१९ का नौ सय ३१ जना नयाँ बिरामी फेला परे। जापानको संक्रमण दरलाई तल पार्दै सिंगापुरमा कोभिड-१९ का १३ हजार बिरामी भेटिइसकेका छन्, सिंगापुरमा। अब त्यसभन्दा माथि एशियामा चीन र भारतको बिरामी संख्या मात्र छ।

सिंगापुरमा सबैभन्दा बढी संक्रमण आप्रवासी मजदुरमा देखिएको छ, जो डर्मेटरिजका साँघुरा क्‍वार्टरमा बस्छन्। साँघुरो ठाउँमा धेरै मजदुरको बसोबास नै सिंगापुरका लागि कोरोना भाइरसको संक्रमण बढ्ने मुख्य कारण बनेको छ।

सिंगापुरकै नागरिक भने जम्मा १५ जनामा संक्रमण फेला परेको छ।

करिब ५७ लाख जनसंख्या रहेको सिंगापुरले १ जुनसम्मलाई लकडाउन लम्ब्याएको छ। कोरोना भाइरसको विश्‍वव्यापी फैलावटसँगै सिंगापुर पनि तीव्र आर्थिक संकुचनमको चपेटामा पर्दैछ। चार प्रतिशतभन्दा बढीको आर्थिक मन्दीको अनुमान स्थानीय अर्थशास्त्रीहरूले गरिसकेका छन्।

अमेरिकाको न्युयोर्क शहरभन्दा सानो क्षेत्रफलको देश सिंगापुरमा हालसम्म कोभिड-१९ का कारण १२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्