यसकारण महत्वपूर्ण छ कोरोना भाइरस संक्रमण दर
<p>लन्डन। संसारभरका सरकारहरूका लागि कोरोना भाइरसको संक्रमण दर सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ, जसलाई ‘आर’ भनिन्छ।</p>
<p>बीबीसीका अनुसार गत महिना बेलायतमा जसको शरीरमा कोरोनो भाइरसको प्रवेश भयो, उसले औसत थप तीनजनालाई संक्रमित गरिरहेको थियो। लकडाउनलगायत उपाय अवलम्बन गर्न थालिएपछि यो दर घटेर शून्य दशमलव सात भएको छ। </p>
<p>एक दशमलव शून्यको अर्थ हो एकजनाले थप एकजनालाई संक्रमित गरिरहेको छ। क्रमशः यो संख्या बढ्दै जान्छ। फेरि पनि यो दर बढ्ने अनुमान लन्डनस्थित इम्पेरियल कलेजको अनुमान छ।</p>
<p>विद्यालयहरूमा पठनपाठन शुरु गर्नासाथ यो दर बढ्ने उक्त कलेजका अनुसन्धानकर्मीहरूको अनुमान छ।</p>
प्रतिक्रिया दिनुहोस्