आजदेखि काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोनसन

लन्डन। कोरोना भाइरस संक्रमणमा परेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन आजदेखि नियमित काममा फर्किंदै छन्।

बीबीसीका अनुसार उनी तीन सातादेखि कोभिड-१९ को उपचारमा थिए।

लन्डनको टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय फर्किन लागेको कुराबाट जोनसन निकै उत्साहित देखिएको उनका प्रवक्ताले जनाएका छन्।

उनको अनुपस्थितिमा प्रधानमन्त्रीको दायित्व सम्हालिरहेका विदेशमन्त्री डोमिनिक रावले प्रधानमन्त्री जोनसन कोभिड-१९ मुक्त भएर काममा फर्किंदै गरेको विषयबाट देशभर नै उत्साहको सञ्‍चार हुने बताए।

प्रधानमन्त्री जोनसन कोभिड-१९ पोजिटिभ देखिएपछि ६ अप्रिलमा अस्पताल भर्ना भएका थिए। उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएपछि उनी सरकारी निवासमा क्‍वारेन्टाइनमा बसिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्