खाँदबारीमा अलपत्र परेका रसुवाका २५ पर्यटन मजदूरको उद्धार

खाँदबारी। संखुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ।

उनीहरु पर्यटकको भरियाका रूपमा संखुवखसभा आएका थिए ।

खाँदबारीमै अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको हो।

लकडाउन शुरू हुनुअघि नै उनीहरू भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए।

त्यहाँ छ दिन अलपत्र परेपछि भोटखोला गाउँपालिकाले अनुमति दिएर सदरमुकाम खाँदबारी पठाएको सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाका लोप्लाङ शेर्पाले जानकारी दिए।

भोटखोलाबाट खाँदबारी आएपछि २६ दिन अन्नपूर्ण होटल, खुम्बुमा बास बसेको शेर्पाले बताएका छन्।

मकालु हिमाल ट्रेकिङका लागि चैनपुरको गुफाखोखरी हुँदै आएका पर्यटक भने सभापोखरी गाउँपालिकामा आइपुगेर रोकिएपछि आफू हटियाबाट फर्किएको उनले बताए।

विदेशी पर्यटकहरु केही दिन अघि कैलाश एयरको हेलिकप्टरबाट फर्किसकेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्