अध्यादेशले संशोधन गरेका कानूनका पुरानै दफा कायम गर्न राष्ट्रपतिले जारी गरिन् नयाँ अध्यादेश <p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छन्। &#39;केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७&#39; जारी गरेकी हुन्। १२ वैशाखको मन्त्रिपरिषद्ले पारित गरेपछि उही दिन जारी यो अध्यादेश १४ वैशाख अबेर राति राजपत्रमा प्रकाशित भएको छ।&nbsp;</p> <p>यो अध्यादेशले &#39;संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७&#39; र &#39;राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७&#39; खारेज गरेको छ। साथै खारेज हुनुपूर्व यी दुई अध्यादेशले संशोधन गरेका संवैधानिक परिषद्सम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी ऐनका सम्बन्धित दफाहरू पनि जगाएको छ।&nbsp;</p> <p>नयाँ अध्यादेशको दफा ३ मा अघिल्ला दुई अध्यादेशले ती दुई ऐनमा गरेको संशोधन हुनुभन्दा तत्काल अघि कायम रहेको व्यवस्था स्वत: जागेको मानिने प्रावधान छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्