इटालियन सिरी 'ए' मा ४ मेबाट प्रशिक्षण शुरू
काठमाडौं। इटली सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि शीर्ष डिभिजन लिग सिरी ‘ए’ क्लबहरूले ४ मेबाट खेलाडीलाई व्यक्तिगत रूपमा तथा १८ मेबाट सामुहिक प्रशिक्षण गराउने भएको छ।

यससँगै सिजनको अन्त्य हुने अगष्टमै सकिने गरी इटालियन सिरी ‘ए’ २७ मे र २ जुनको बीचबाट पुनः शुरू हुने सक्ने बताइएको छ।

तथापी कुनै औपचारिक घोषणा भने गरिएको छैन।

यूरोपमा कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित देशमध्ये पर्ने इटलीका पार्कहरू पनि खुला गरिएको छ।

इटलीमा हिजो कोरोना संक्रमणकै कारण २६० जनाको मृत्यु भएको थियो। यो संख्या १४ मार्चयताकै सबैभन्दा कम हो।

प्रधानमन्त्री जुसेप कोन्टेले टेलिभिजनमा सम्बोधन गर्दै खेलाडीले व्यक्तिगत रूपमा ४ मे तथा समूहमा १८ मेबाट प्रशिक्षण गर्नसक्ने र त्यसपछिको परिस्थिति अनुसार अर्को निर्णय गर्न सकिने बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्