सुदुरपश्चिमबाट खाद्यान्न निर्यात हुन नदिइने
<p>धनगढी । सुदुरपश्‍चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश सरकारको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ ।</p>
<p>बैठकले बाहिरबाट प्रदेशमा भित्रिने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउने, महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर भन्सार नाका हुँदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस तथा अन्य अत्यावश्‍यकीय सवारी साधनमा नियमित रूपमा स्यानिटाइजको व्यवस्था मिलाउने, कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।</p>
<p>यस्तै, बैठकले आगामी दिनमा प्रदेशभित्र सिर्जना हुन सक्ने खाद्यान्‍न अभावलाई मध्यनजर गरी प्रदेशमा उत्पादन भएको खाद्यान्‍न निर्यात हुन नदिन पहल गर्ने निर्णयसमेत गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्