सेयर बजार २५ वैशाखसम्म नखोल्ने नेप्सेको निर्णय
<p>काठमाडौं। नेपाल स्टक एक्सचेन्‍जले लकडाउन अवधिभर सेयर बजार नखोल्ने निर्णय गरेको छ।</p>
<p>आइतबार सरकारले लकडाउन अवधि १० दिन बढाएर २५ वैशाखसम्म लम्ब्याएपछि सोही मितिसम्म सेयर बजारको कारोबार नखोल्ने निर्णय नेप्सेले गरेको हो।</p>
<p>नेप्सले आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेप्सेको सञ्‍चालक समितिले सरकारले तोकेको समयसम्म कारोबार नखोल्ने जानकारी गराएको छ।</p>
<p>नेप्सले भनेको छ, “२६ वैशाखदेखि सेयर बजार नियमित रूपमा सञ्‍चालन हुन सक्छ। त्यसैले कारोबारका लागि आवश्यक तयारी गर्न अनुरोध गरिन्छ।”</p>
प्रतिक्रिया दिनुहोस्