“नेटवर्कका कारण अनलाइन कक्षामा सहभागीता जनाउन पाएको छैन। नियमित हाजिरी, अनिवार्य औपचारिक पोशाकजस्ता आचारसंहिता समयसान्दर्भिक भएनन्। बरु त्यसको साटो विद्यार्थीका समस्या अध्ययन गरेर समाधान गर्नतिर लागेको भए हुन्थ्यो,” उनी भन्छन्।
बाग्लुङ नगरपालिका-११ का विष्णु पौडेल भने नेटवर्क समस्याका बावजुद पनि अनलाइन कक्षामा सहभागी भइरहेका छन्। उनी एमफीलका विद्यार्थी हुन्।
पठपाठन बन्द भएपछि उनी पनि गाउँ गए। त्यहीबाट उनी अनलाइन कक्षामा सहभागी भइरहेका छन्। तर, नेटवर्कमा आइरहने समस्याले उनलाई हैरान पार्ने गरेको छ।
“कुनै बेला कुराकानी गरिरहेकै बेला नेट स्लो हुन्छ। कुनै बेला काम गर्दैन। उता सरले पढाइरहेका हुन्छन्, हामी भने नेटमा आउने समस्याको सामना गर्नतिर लाग्छौं”, उनी भन्छन्।
त्रिविले टेलिफोन सेवा प्रदायक कम्पनीहरुसँग समन्वय गरेर अनलाइन कक्षा चलाएको भए प्रभावकारी हुने उनको भनाई छ।
अनलाइन कक्षालाई प्रभावकारी तथा नियमनकारी बनाउन ल्याइएको आचारसंहिता धेरै हदसम्म व्यवहारिक नभएको उनको टिप्पणी छ।
भन्छन्, “यसमा उल्लेखित केही सामान्य कुरा पनि आचारसंहितामै उल्लेख गर्नुभन्दा विश्वविद्यालयले अनलाइन कक्षा कसरी प्रभावकारी बनाउने भन्नेतिर ध्यान दिनुपथ्र्यो।”
विद्यार्थीहरुलाई रिचार्जको पनि समस्या हुने गरेको भन्दै त्यसका लागि विश्वविद्यालयले कुनै कुनै न व्यवस्था गरिदिनुपर्ने उनको अनुरोध छ।
त्रिविले अनलाइन कक्षाका लागि बनाएको आचारसंहिताप्रति विश्वविद्यालयकै विभागीय प्रमुखहरुको पनि असन्तुष्टि छ।
“पहिला त इन्टनेट सेवा प्रदायकसँग समन्वय गरेर अनलाइन कक्षाका लागि गुणस्तरीय इन्टरनेट प्रदान गराउने कोशिस गर्नुपर्यो। त्यसपछि हाजिरी गर्नै पर्दैन। सबै विद्यार्थी सहभागी भइहाल्छन्।” - अंग्रेजी शिक्षाका सहप्राध्यापक डा. प्रेम फ्याक
“पाँच पैसाको झिटी छैन पचास रुपैयाँको फुटानी भनेजस्तै आचारसंहिता बनाएर अनिवार्य पोसाक, हाजिरी जस्ता कुरा गरेर टियूले नचाहिने काममा कडाइ गर्न खोजेको छ”, मानवशास्त्र विभागका प्रमुख डा. डम्बर चेम्जोङ भन्छन्।
औपचारिक पोशाक लगाउनुपर्ने, हाजिरी अनिवार्य गरेर रेकर्ड राख्नुपर्ने जस्ता बाध्यकारी व्यवस्था गरेर त्रिवि सहयोगीभन्दा पनि प्रहरी बनिरहेको उनको आरोप छ।
“टीयूले नमच्चिने पिङको सय झट्का हान्छ। अनलाइन क्लासको पूर्वाधार, क्लास अनुशासनको पाठ सिकाउँछ। कक्षामा कुनै पनि विद्यार्थी र शिक्षक अनुशासनविना अध्यापन गराउँलन र ? यो पनि आचारसंहिता बनाएर हुन्छ ? हामीले विद्यार्थीहरुलाई पढाउने कि कुन विद्यार्थी अनलाइन कक्षामा आयो/आएन्, उनीहरुले ड्रेस लगाए नलगाएका हेरेर बस्ने ? टीयूले त हामीलाई तिमिहरु प्राज्ञ हैन प्रहरी हौ भनेको छ”, उनी भन्छन्।
अंग्रेजी शिक्षाका सहप्राध्यापक डा. प्रेम फ्याक पनि विद्यार्थीहरुलाई सहजरुपले अनलाइन कक्षामा उपस्थित गराउने गरी विश्वविद्यालयले गृहकार्य गर्नुपर्ने मत राख्छन्।
शिक्षण संस्था बन्द गर्दा नै अनलाइन शिक्षणका विषयमा शिक्षक र विद्यार्थीलाई जानकारी गराएर त्यही अनुसार तयारी गरिएको भए राम्रो हुने भन्दै अहिले आचारसंहितामा नाममा कडाइ गर्न नहुने बताए।
अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे विश्वविद्यालयले काम गर्नुपर्ने उनको सुझाव छ।
भन्छन्, “पहिला त इन्टनेट सेवा प्रदायकसँग समन्वय गरेर अनलाइन कक्षाका लागि गुणस्तरीय इन्टरनेट प्रदान गराउने कोशिस गर्नुपर्यो। त्यसपछि हाजिरी गर्नै पर्दैन। सबै विद्यार्थी सहभागी भइहाल्छन्।”
विश्वविद्यालयका पदाधिकारी भने अनलाइन शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउनकै लागि आचारसंहित ल्याइएको दाबी गर्छन्।
घरबाटै अनलाईन कक्षा सञ्चालन गरिने भएकाले आचारसंहितामा पोशाकको कुरा पनि उठान गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले बताए।
“घरमै बसेर पनि कोही प्राज्ञहरु हाफ पाइन्टमै पढाउँलान्। इन्टरनेटमार्फत पढाउनुपर्ने हुँदा त्यसरी जथाभावी पोशाक लगाउँदा नराम्रो सन्देश जान सक्छ त्यही भएर हामीले यस्तो व्यवस्था गराएका हौं”, प्रा.डा. दाहाल भन्छन्।
सबै विद्यार्थीलाई कक्षामा सहभागिता गराउनका लागि इन्टरनेट सेवा प्रदायकसँग कुराकानी भइरहेको उनले बताए।
विश्वविद्यालयले धेरै भन्दा धेरै विद्यार्थीलाई सहभागी गराउने प्रयत्न भइरहेको भन्दै उनले दुई/चार जना छुट्यो भन्दैमा अलग्गै व्यवस्था गर्न नसकिने बताए।
“यस्तो विशेष परस्थितिमा विद्यार्थी स्वयमले पनि केही समस्याको सामना गर्दै आफ्नै लागि अनलाइन कक्षामा सहभागि हुनुपर्छ”, दाहाल भन्छन्।
" /> पढ्नुहोस्: त्रिविको अनलाइन कक्षा आचारसंहिताः ड्रेस अनिवार्यदेखि दैनिक हाजिरिसम्म“नेटवर्कका कारण अनलाइन कक्षामा सहभागीता जनाउन पाएको छैन। नियमित हाजिरी, अनिवार्य औपचारिक पोशाकजस्ता आचारसंहिता समयसान्दर्भिक भएनन्। बरु त्यसको साटो विद्यार्थीका समस्या अध्ययन गरेर समाधान गर्नतिर लागेको भए हुन्थ्यो,” उनी भन्छन्।

">