काठमाडौं। सांघाई र बेइजिङका विद्यालयहरु आजदेखि खुलेका छन्। यी शहरका दशौं हजार विद्यार्थी विद्यालय गएका छन्।
महिनौंको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो। बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो। यही लकडाउनका कारण त्यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो। तर अहिले पनि त्यहाँ कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाइएको छ। यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ।
लामो समयपछि विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ। चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो।
कोरोना भाइरसको संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको त्यहाँका सञ्चारमाध्यमले बताएका छन्। रासस
" /> काठमाडौं। सांघाई र बेइजिङका विद्यालयहरु आजदेखि खुलेका छन्। यी शहरका दशौं हजार विद्यार्थी विद्यालय गएका छन्।महिनौंको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ ।

">