काठमाडौं। न्यूजिल्याण्डमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलन अन्त्य भएको त्यहाँको सरकारले दाबी गरेको छ। प्रभावकारी उपाय अपनाएर कोरोना भाइरसको अन्त्य गरिदिएको पनि न्युजिल्याण्ड सरकारको दाबी छ।
पछिल्ला केही दिनयता न्यूजिल्याण्डमा एकाध संख्यामा मात्र कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका छन्। हिजो न्यूजिल्याण्डमा एक जना मात्र कोरोना भाइरस संक्रमण भएका नयाँ विरामी भेटिएका थिए।
त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनले हाल देशले कोरोना भाइरसविरुद्धको लडाइँ जितेको घोषणा गरेकी छन्। प्रधानमन्त्री अर्डेनले कोरोनाविरुद्ध जित हासिल गरेको घोषणा हुनुभन्दा केहीघण्टा अघिदेखि नै न्यूजिल्याण्डमा सामाजिक प्रतिबन्धमा गरिएको कडाइ केही खुकुलो बनाइएको थियो।
भोलिदेखि त्यहाँ निश्चित व्यवसाय, स्वास्थ्य हेरचाह र शैक्षिक गतिविधिहरू नियमित हुने भएका छन्। तर त्यहाँका सरकारी अधिकारीहरूले धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक दूरी कायम राख्नुपर्ने भनेका छन्।
प्रधानमन्त्री अर्डेनले पनि नियमित सरकारी व्रिफिङमा भनिन्, "हामी अर्थव्यवस्था खुला गरिरहेका छौं। तर हामीले हाम्रो जीवनमा लगाइएका प्रतिबन्धात्मक अवस्थाको पूर्णतया अन्त्य गरिसकेका छैनौं।"
न्यूजिल्याण्डमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार ४६९ मात्र छ। जहाँ कोरोना भाइरस संक्रमित १९ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री अर्डेनले कोरोना भाइरस संक्रमण अन्त्य भएको घोषणाको अर्थ अब कोरोना भाइरस संक्रमित नयाँ विरामी नै नभेटिनेरुपमा नबुझ्न भनेकी छन्। उनले कोरोना भाइरस समाप्त पार्ने लडाइँमा आफ्नो लक्ष्य पूरा गरेको दाबी गरेकी छन्।
प्रधानमन्त्री अर्डेनले भनेकी छन्, "न्यूजिल्याण्डमा समुदायस्तरमा संक्रमणको कुनै केस अब छैन। हामीले युद्ध जितेका छौं। तर हामी सतर्क रहनु भने जरूरी छ।"
" /> काठमाडौं। न्यूजिल्याण्डमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलन अन्त्य भएको त्यहाँको सरकारले दाबी गरेको छ। प्रभावकारी उपाय अपनाएर कोरोना भाइरसको अन्त्य गरिदिएको पनि न्युजिल्याण्ड सरकारको दाबी छ।पछिल्ला केही दिनयता न्यूजिल्याण्डमा एकाध संख्यामा मात्र कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका छन्। हिजो न्यूजिल्याण्डमा एक जना मात्र कोरोना भाइरस संक्रमण भएका नयाँ विरामी भेटिएका थिए।

">