काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मारमा परेकाे नेपालको पर्यटन क्षेत्र जोगाउन निजी क्षेत्रले सुझाव दिएको छ।

नेपाल चेम्बर अफ कमर्सले आज पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र बचाउन सुझाव दिएको हो।

काेभिड-१९ ले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन्।

चेम्बरले कोभिड-१९ को प्रकोपका कारण सबभन्दा बढी प्रभावित क्षेत्र पर्यटन सेवा व्यवसाय र नागरिक उड्डयन भएकाले यसलाई बचाउन जरुरी भएको भन्दै सुझाव पेश गरेको हो।

पर्यटन प्रवर्द्धनतर्फः

१. आन्तरिक पर्यटन कोरोनाको प्रभाव कम हुने बित्तिकै अघि बढाउनु आवश्यक छ। र, यसका लागि सरकारले अनिवार्यरूपमा वर्षको एकपटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरू र आमनागरिकहरूलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरूमार्फत् केही छुट दिएर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने वातावरण बनाउनुपर्छ।

२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महीनामा शुरू हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारीस्तरमै पहल गरिनुपर्ने।

३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरूले चीनको विभिन्न शहरबाट प्रतिष्पर्धी प्याकेजमा पर्यटकहरू भित्राउनेतर्फ पहल गरिनुपर्ने।

४. पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि ‘कस्ट अफ कस्ट बेसिस’मा होटल लगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुपर्छ।

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखी अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने। हवाईजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्‍याफ्टिङ–बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्ती सफारीलगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमितरूपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने।

६. सबैभन्दा बढी प्रभावित होटल तथा एअरलाइन्सहरूलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनुपर्ने। ऋण, ऋणको ग्यारेण्टी, कर्पाेरेट बाेन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने। कर छुट तथा एअरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नुपर्ने।

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने। यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने।

८. कोरोनाभाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिबारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरैनै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुँदा यसको प्रवर्द्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनुपर्ने।

९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउने।

हवाई सेवातर्फ :

१. आइकाओ तथा अन्य मुलुकका हवाई सेवा प्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षितरूपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाई समेत सञ्चालन गर्न पाइला चाल्नुपर्ने।

२. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्छ। राष्ट्रिय महत्त्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरूको मर्मत सम्भारलगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ। निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिने।

३. हवाई उड्डयनतर्फ ऋण दिन वित्तीय संस्था हिच्किचाउने हुँदा ऋण, ऋणको ग्यारेण्टी, वित्तीय सहयोग प्रदान गर्नुपर्ने। साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाई भाडा दर पनि घटाइनुपर्ने।

४. अहिलेको विषम् परिस्थितिमा हवाई यात्रुहरुको डिपार्चर अगाडि अनिवार्य रूपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने।

५. हाल सीमित पाटपुर्जामा मात्र दिइँदै आइएको मू.अ.क. छुट वायुयानका सम्पूर्ण पार्टपुर्जाहरूमा उपलब्ध हुनुपर्ने।

६. देशमा पुनर्बीमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई बीमामा  लगाउँदै आइएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमा कम्तीमा ग्राउण्डेड जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने।

७. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने।

८. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ल्याण्डिङ, पार्किङ, नेभिगेसन, काउण्टर रेन्टलगायतका विभिन्न जहाज ग्राउण्डेड गरिएको अवधिभरको शुल्क मिनाहा गरिनुपर्ने।

" /> काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मारमा परेकाे नेपालको पर्यटन क्षेत्र जोगाउन निजी क्षेत्रले सुझाव दिएको छ।

"> पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सरकारलाई सुझाव: Dekhapadhi
पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सरकारलाई सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्