काठमाडौं। नेपालमा थप एक स्थानमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुरू भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर विधिबाट परीक्षण थालिएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन थप एक स्थानबाट परीक्षण शुरू गरिएको बताए।
योसँगै नेपालमा अब १६ स्थानमा पीसीआर विधिबाट परीक्षण हुन थालेको हो।
“हामीले पीसीआर र आरडीटी दुवैबाट परीक्षणको दायरा व्यापक बनाएका छौँ”, प्रवक्ता देवकोटाले भने, “त्यसै अनुसार परीक्षण थप बढाउनकै लागि एकस्थानमा पीसीआर गर्ने व्यवस्था थप गरिएको हो।”
नेपालमा ९ माघमा भेटिएको पहिलो संक्रमित बिरामीको परीक्षणको लागि स्वेदश बाहिर पठाएको थियो। अहिले संक्रमितको संख्या थपिदै जान थालेपछि परीक्षणको दायरा तीव्र बनाइएको मन्त्रालयको भनाइ छ।
" /> काठमाडौं। नेपालमा थप एक स्थानमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुरू भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर विधिबाट परीक्षण थालिएको जनाएको हो।

">