काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहाललाई भेट्न नेता खनाल आज दिउँसो दाहाल निवास खुमलटार पुगेका थिए। नेकपाभित्र पछिल्लो समय देखिएको अन्तरविरोधबीच दुई नेताबीच छलफल भएको हो।
नेता खनालले तत्काल नेकपाको स्थायी समिति बैठक बोलाउनुपर्ने माग गर्दै आएका छन्। तर, प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउने सुरासर नगरेपछि खनाल दाहाललाई भेट्न पुगेका हुन्। खनालले अध्यक्ष दाहालसँग तत्काल सचिवालय बैठक बोलाउन र सचिवालयबाट स्थायी समिति बैठकको मिति तोक्नुपर्ने बताएका छन्।
उनीहरूबीच स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको बताइएको छ। झण्डै दुई घण्टा भएको छलफलमा पार्टी एकतालाई मजबुत बनाउँदै तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताइएको छ।
आजै प्रधानमन्त्री ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। दुई नेताको भेटवार्तापछि अहिले ओली र नेपाल समूहका नेताबीच नेपाल निवास कोटेश्वरमा वार्ता भइरहेको छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।अध्यक्ष दाहाललाई भेट्न नेता खनाल आज दिउँसो दाहाल निवास खुमलटार पुगेका थिए। नेकपाभित्र पछिल्लो समय देखिएको अन्तरविरोधबीच दुई नेताबीच छलफल भएको हो।

">