काठमाडौं। संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलले कोरोना भाइरस (कोभिड-१९)को परीक्षणको दायरा तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठकले परीक्षणमा ढिलासुस्ती भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने निश्कर्ष निकालेको हो।
लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न सरकारले कुनै ठोस कार्ययोजना नल्याएको विपक्षी दलहरूको आरोप छ।
उनीहरूले तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न पनि सरकारसँग माग गरेका छन्।
नेताहरूले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको आरोप लगाएका छन्। उनीहरूले सरकारका गलत कमदविरुद्ध लोकतान्त्रि शक्ति एकताबद्ध भएर संघर्ष गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादव ‘अपहरण प्रकरण’मा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारबाही गर्न पनि उनीहरूको माग छ।
" /> काठमाडौं। संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलले कोरोना भाइरस (कोभिड-१९)को परीक्षणको दायरा तीव्र बनाउन सरकारसँग माग गरेका छन्।नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठकले परीक्षणमा ढिलासुस्ती भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने निश्कर्ष निकालेको हो।

">