कैलाली। सुदूरपश्चिम प्रदेशमा १५ हजार जनाको कोभिड-१९ परीक्षण गरिएको छ। यो तथ्यांक परीक्षण शुरू गरिएको ७५ दिनको अवधिको हो।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार १ फागुनदेखि परीक्षण थालिएकोमा आज, १५ वैशाखसम्म १५ हजार ४४ जनाको कोभिड-१९ परीक्षण गरिसकिएको छ।
प्रदेशभरी पछिल्लो १५ दिनयता संक्रमितको संख्या भने नदेखिएको केन्द्रले जनाएको छ।
अहिलेसम्म पीसीआर विधिबाट दुई हजार ७६१ र र्यापिड टेष्टमार्फत् १२ हजार २८३ जनाको नमूना परीक्षण गरिएको छ।
प्रदेशभरी रहेका ३४८ क्वारेन्टाइनमा १६८ महिला र १ हजार १३९ गरि १ हजार ३०७ जना रहेका छन्।
त्यसैगरी, आजसम्म ६ हजार ५४६ थान आरडीटी मौज्दात रहेको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ।
प्रदेशभरी १५४ आइसोलेसन बेड रहेकोमा सेती प्रादेशिक अस्पताल धनगढीमा २, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र कैलालीमा १, जिल्ला अस्पताल बैतडीमा १ र डडेल्धुरा अस्पतालमा १ जना गरि ५ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशभरिमा ५ जना कोरोना पोजिटिभ देखिएकोमा ४ जना निको भएर डिस्चार्ज भैसकेका छन् भने धनगढी उपमहानगरपालिका ५ कि ३४ वर्षीया महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्।
उनको पाँचाैंपटकको जाँचमा पनि कोरोना पोजिटिभ देखिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले कोरोना संक्रमिण महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा १५ हजार जनाको कोभिड-१९ परीक्षण गरिएको छ। यो तथ्यांक परीक्षण शुरू गरिएको ७५ दिनको अवधिको हो।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार १ फागुनदेखि परीक्षण थालिएकोमा आज, १५ वैशाखसम्म १५ हजार ४४ जनाको कोभिड-१९ परीक्षण गरिसकिएको छ।

">