कैलालीमा लकडाउन उल्लंघन गर्ने १८ जनालाई एक घण्टा सडकमा उभ्याइयाे
<p>कैलाली। कैलालीमा लकडाउन उल्लंघन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर एक घण्टा सडकमा उभ्याएर छाडेकाे छ।</p>
<p>यस्तै आज मात्रै विभिन्न स्थानबाट ९१ वटा सवारीसाधन नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
<p>गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेपछि आज मात्रै परिपत्र गर्दै लकडाउनमा कडाइ गर्न निर्देशन दिएपछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा जाँचमा कडाइ पारेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्