भाटभटेनीले लियो महंगो मूल्य, तीन लाख जरिवाना
<p>काठमाडौं। भाटभटेनी सुपरमार्केट टंगाललाई सरकारले तीन लाख रूपैयाँ जरिवाना तिराएको छ। </p>
<p>उपभोग्य सामानमा एमआरपी भन्दा बढी मूल्य लिइ बिक्री गरेको अनुगमनको क्रममा पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। </p>
<p>भाटभटेनीले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२)(क)बमोजिम काम गरेकोले ३८(ङ) को कसूरमा ३९ (१)(ख) बमोजिम कारबाही गरेको विभागले जनाएको छ। </p>
<p>लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण भएको गुनासोपछि विभागले बजार अनुगमन गर्दै आएको छ। </p>
प्रतिक्रिया दिनुहोस्