काेभिड-१९ का कारण इजरायलमा १० लाख बढी बेरोजगार
इजरायल। इजरायलमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि अहिलेसम्म थप १० लाखभन्दा बढी बेरोजगार भएका छन्।

इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म कूल १० लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन्।

यो विवरण यही १ मार्चदेखिको भएको अधिकारीहरूले बताएका छन्। त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएका थिए।

आज मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन्। इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ।

त्यसमध्ये ५ अप्रिलदेखि अहिलेसम्म निवेदन दिएकामध्ये आजको संख्या सबैभन्दा धेरै हो। रासस/एएनआई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्