काठमाडौं। तत्कालीन नेकपा एमालेको ९ औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित नेतृ अष्टलक्ष्मी शाक्य २०७४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेको धेरैका लागि अप्रत्यारिलो थियो। पछि उनीसहित धेरै नेताले प्रष्टाए- तत्कालीन प्रदेश ३ (हालको बागमती प्रदेश) को मुख्यमन्त्री बन्नेगरी शाक्य प्रदेशसभाको चुनाव लड्न लागेकी हुन्। प्रदेशसभा निर्वाचनबाट तत्कालीन नेकपा एमाले एक्लैले बागमती प्रदेशमा बहुमत ल्यायो। ११० सदस्यीय प्रदेशसभामा एमालेले चुनावी तालमेल गरेको तत्कालीन नेकपा माओवादी केन्द्रसमेत (हालको नेकपाको) को मत जोड्दा दुई तिहाइ भन्दा बढी (७८ सदस्यीय) बहुमत पुग्थ्यो/पुग्छ।
नेपालमा राजनीतिक तहका कार्यकारी पदमा महिला नेतृत्वको मुद्दा पुरानै थियो। यद्पयी सार्थक सहभागिता हुनसकेको थिएन। त्यस्तो अवस्थामा संघीयता अभ्यास शुरू गरेको वर्ष एकजना मात्रै भए पनि मुख्यमन्त्री महिला शाक्य हुने भइन् भन्ने आशा आमरूपमा गरिएको थियो। आफूलाई प्रगतिशील राजनीति गरेको दावी गर्ने तत्कालीन नेकपा एमालेको एक्लै बहुमत पुगेको र भविष्यमा पार्टी एकता गर्ने घोषणहित चुनावी तालमेल गरेको माओवादीसँग मुख्यमन्त्रीको भागबन्डा गर्दा पनि प्रदेश ३ एमालेकै भागमा परेपछि त शाक्यलाई कसैले रोक्न नसक्ने अनुमान गरिएको थियो।
पढ्नुहोस्: महामारी छल्दै बागमती प्रदेशका स्थानीय तह पदाधिकारीलाई सुविधा दिने कानून पारित
तर, जब मुख्यमन्त्रीको निर्वाचनका लागि मनोनयनको बेला आयो, तब केन्द्रीय राजनीतिमा खासै नाम नसुनिएका डोरमणि पौड्यालले एकाएक बाजी मारे। हेटौडा नगरपालिका (हालको उपमहानगर) मा दुई कार्यकाल मेयर निर्वाचित (०४९-०५४ र ०५४-०५९) हुनुभन्दा माथि राजनीति गरेको खासै अनुभव नभए पनि तत्कालीन एमालेभित्रको शक्ति सन्तुलनबाट मुख्यमन्त्रीको टिकट फुत्काउन उनी सफल भए। पार्टीभित्रको समीकरणका कारण शाक्य प्रदेश संसदीय दलको निर्वाचनमा पराजित भइन्।
यसबाट निर्वाचित पार्टी केन्द्रीय उपाध्यक्ष र प्रदेश ३ को पार्टी ईन्चार्ज रहेकी शाक्य मुख्यमन्त्री बन्ने सम्भावना तत्कालका लागि सकिएको थियो। करीब साढे दुई वर्षपछि अहिले आएर नेकपामा विकसित हुँदै गरेको राजनीतिक समीकरणले भने शाक्यसामु मुख्यमन्त्री बन्ने अवसर फेरी एकपटक आउँदै गरेको जस्तो देखिन्छ।
नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा पछिल्लो समय पार्टीको आन्तरिक शक्ति सन्तुलनका लागि तीव्र छलफलहरू भइरहेका छन्। तीन जना नेता र तिनका समूहमा बाँडिएको नेकपाको शक्ति जो-जो दुई नेता एक ठाउँमा उभिन्छन्, उनीहरूसँग निर्णायक शक्ति रहने अवस्थामा छ।
सरकारलाई नै अप्ठेरोमा पार्नेगरी दाहाल र नेपाल पक्षले दबाब बढाइरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समेत दुवै नेताहरूसँग छलफल बढाएका छन्। नेपाल पक्षले एक व्यक्ति एक पदको माग मुखरित गरिरहेका बेला आज ओली र नेपाल पक्षका नेताहरूले लामो सयमका लागि मिलेर जाने प्रस्तावमा छलफल गरेका छन्।
ओली र नेपालनिकट नेताहरूको आज भएको छलफलमा मन्त्रिपरिषददेखि मुख्यमन्त्रीहरू परिवर्तन गरेर अगाडि बढ्ने प्रस्तावमा समेत छलफल भएको जानकारी नेताहरुले बाहिर ल्याएका छन्। यो समूहबीच सहमति भएमा फेरिने मुख्यमन्त्रीको सूचिमा डोरमणि पौडेल पहिलो नम्बरमा रहने नेकपाका एक जना नेताले बताए।
नेकपाको आगामी राजनीति ओली-नेपाल वा दाहाल-नेपालको समीकरणमा अगाडि बढ्ने देखिन्छ। यी दुईमध्ये जुनसकै समीकरण अगाडि बढे पनि प्रदेश ३ मा मुख्यमन्त्री फेर्ने अजेण्डा पनि प्रभावी बनेको देखिन्छ। सातमध्ये ६ वटा प्रदेशमा सरकार चलाइरहेको नेकपामा प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ मा ओलीनिकट नेताहरु मुख्यमन्त्री छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा दाहाल निकट।

मुख्यमन्त्री फेरबदल हुँदा बागमती नै पहिलो नम्बरमा किन त ? "किनभने माधव नेपालका लागि मुख्यमन्त्रीको पहिलो उम्मेद्वार नै अष्टलक्ष्मी शाक्य हुनुहुन्छ", ती नेताले भने, "अर्कोतर्फ वर्तमान मुख्यमन्त्री पौडेलको कार्यसम्पादन पनि आशलाग्दो छैन।"
उनले प्रदेश कमिटीमा छलफल नगरी मन्त्रिमण्डल थप गर्ने निर्णयपछि मुख्यमन्त्रीविरूद्ध झण्डै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आएको सम्झिए। शाक्यले सार्वजनिक रुपमा समेत मुख्यमन्त्री पौडेल नसच्चिए उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने बताएकी थिइन्।
प्रधानमन्त्री ओलीले पार्टीभित्र 'पावर सेयरिङ' का लागि मुख्यमन्त्री फेरबदलको प्रसंग पनि आफूनिकट नेताहरुमार्फत् अघि बढाएपछि नेकपा वृत्तमा बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा शाक्यको चर्चा हुन थालिसकेको छ।
तर, ओली-नेपालबीच सहमति बन्न सकेन र नेकपामा दाहाल-नेपाल एक भएर अगाडी बढ्ने निर्णय गरे भने पनि बागमती प्रदेशको मुख्यमन्त्री फेरिने सम्भावना पनि अधिक देखिन्छ। तत्कालीन एमालेभित्रको समीकरणले शाक्यको मुख्यमन्त्री बन्ने ठूलो आकांक्षा तुहाइदिएको थियो। संयोग, नेकपाभित्र विकसित हुने अबको समीकरण उनको त्यही सपना पूरा गराउने अवसर बन्न सक्छ।
" /> काठमाडौं। तत्कालीन नेकपा एमालेको ९ औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित नेतृ अष्टलक्ष्मी शाक्य २०७४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेको धेरैका लागि अप्रत्यारिलो थियो। पछि उनीसहित धेरै नेताले प्रष्टाए- तत्कालीन प्रदेश ३ (हालको बागमती प्रदेश) को मुख्यमन्त्री बन्नेगरी शाक्य प्रदेशसभाको चुनाव लड्न लागेकी हुन्। प्रदेशसभा निर्वाचनबाट तत्कालीन नेकपा एमाले एक्लैले बागमती प्रदेशमा बहुमत ल्यायो। ११० सदस्यीय प्रदेशसभामा एमालेले चुनावी तालमेल गरेको तत्कालीन नेकपा माओवादी केन्द्रसमेत (हालको नेकपाको) को मत जोड्दा दुई तिहाइ भन्दा बढी (७८ सदस्यीय) बहुमत पुग्थ्यो/पुग्छ।नेपालमा राजनीतिक तहका कार्यकारी पदमा महिला नेतृत्वको मुद्दा पुरानै थियो। यद्पयी सार्थक सहभागिता हुनसकेको थिएन। त्यस्तो अवस्थामा संघीयता अभ्यास शुरू गरेको वर्ष एकजना मात्रै भए पनि मुख्यमन्त्री महिला शाक्य हुने भइन् भन्ने आशा आमरूपमा गरिएको थियो। आफूलाई प्रगतिशील राजनीति गरेको दावी गर्ने तत्कालीन नेकपा एमालेको एक्लै बहुमत पुगेको र भविष्यमा पार्टी एकता गर्ने घोषणहित चुनावी तालमेल गरेको माओवादीसँग मुख्यमन्त्रीको भागबन्डा गर्दा पनि प्रदेश ३ एमालेकै भागमा परेपछि त शाक्यलाई कसैले रोक्न नसक्ने अनुमान गरिएको थियो।

">