भक्तपुर। २०७४ सालको दशैंताकाको घटना। दशैं मनाउन काठमाडौंबाट बेसीशहर जाने क्रममा सडकमा ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बने, राजेश गाईजु।
उनी उद्धार तथा विपत व्यवस्थापनको तालिमप्राप्त थिए। तैपनि बेवास्ता गरेकोमा बेसीशहर पुगेपछि उनलाई पछुतो लाग्यो। त्यहीबेला उनले प्रण गरे- ‘अब म कुनै पनि हालतमा आवश्यक सबैलाई उद्धार र सहयोग गर्छु।’
त्यो प्रण कोभिड–१९ को सन्त्रासपूर्ण क्षणमा पनि कायम छ। महिना दिनदेखि उनीसहितका चार युवा भक्तपुर अस्पतालको प्रांगणमा टेन्ट टाँगेर कोरोना संक्रमणका शंकास्पद बिरामीको उद्धार र सहयोगमा जुटिरहेका छन्। यी युवाको समहूको नाम हो- ‘आरएनए-१६’ (सेफ्टी रेस्क्यु अवेरनेस)।
८ सदस्यीय यो समूहबाट अहिले खटिइरहेका युवा हुन्– अरुण सैंजु, न्हुज किजू, पुनम कर्माचार्य र राजेश गाईजु।
१२ वैशाख २०७२ मा भुकम्प आएकै दिन गठन भएको थियो यो समूह। स्थापना भएलगत्तै उनीहरु उद्धार तथा विपत व्यवस्थापनमा खटिएका थिए।
समूहका धेरै जना स्काउट सदस्य हुन्। स्काउटको तालिममा सिकेको उद्धारकर्ताको सिप उपयोग गरिरहेका छन् उनीहरु।
आफूबीच काम पनि बाँडेका छन् यी चार युवाले। अरुण सैजु यो समूहको अपरेसन म्यानेजर हुन्। न्हु कोजु अस्पतालले पठाएको कोरोना शंकास्पद व्यक्तिको स्वाब लिएर टेकु अस्पताल जाने र फर्किँदा आरडीटी किट र आवश्यक रिपोर्ट ल्याउने गर्छन्।
पुनम कर्माचार्य हरेक परीक्षणको डाटा इन्ट्री गर्ने र शंकास्पद व्यक्तिको ट्राभल हिस्ट्री निकाल्ने काम गर्छिन्। उनी भक्तपुर अस्पतालर्की स्टाफ नर्स पनि हुन्। र, राजेश गाईजु कोरोना शंकास्पद बिरामीको स्वाब लिन ल्याब टेक्निसियनलाई सघाउँछन्।
अस्पताल प्रशासन, नेपाल प्रहरी र नेपाली सेना लगायतलाई कामको विवरण पेश गर्ने जिम्मेवारी पनि उनकै हो।
शव व्यवस्थापनको तालिम समेत लिएका उनीहरुसँग आफ्नै एम्बुलेन्स पनि छ। कोरोना संक्रमित विरामीको शव बोक्न बेग्लै एम्बुलेन्स चाहिने भएकाले उनीहरुले पूर्व तयारी स्वरुप सुरक्षा व्यवस्थापनसाथ शव वाहन एम्बुलेन्स तयार पारेका छन्।
भक्तपुर नगरपालिकाले अहिले स्थानीय स्तरमै कोरोना शंकास्पदहरुको परीक्षण गर्न शुरु गरेकाले यो समूहको जिम्मेवारी केही घटेको छ।
तथापी उनीहरुको बिहान लकडाउनको अनुगमन गर्न प्रहरीसँगै हिँडेर बित्छ।
दिनभर उनीहरु आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्छन्। दिनभरको भागदौडमा खानपिनको टुंगो पनि हुन्न उनीहरुको।
यो समूहको कामबाट बिरामी, अस्पताल प्रशाासन, सशस्त्र प्रहरी र नेपाल प्रहरी सबै खुशी छन्।
सशस्त्र प्रहरी गुल्म-२८ का डीएसपी पंकज पौडेल भन्छन्, “आरएनएस-१६ नेपालमा एक उदाहरण हो। यस्तो त्रासदपूर्ण क्षणमा पनि एक महीनादेखि यसरी अस्पतालमा बसेर सहयोग गरेको कहीँ देखिएको थिएन।”
भक्तपुर अस्पतालमा केही समययता कोभिड-१९ परीक्षणका लागि आशंकितहरु आउने क्रम कम भएको छ। अहिले यो समूह कोरोना संक्रमणको हटस्पट बनेको उदयपुरमा गएर सहयोग गर्न चाहन्छ।
समूहका सदस्य सैजु भन्छन्, “हामी नेपालमा कोरोना संक्रमणको जोखिम रहेसम्म आवश्यक जिल्लामा रहेर काम गर्न चाहन्छौँ।”
एम्बुलेन्स त उनीहरुसँग सुरुआतमै थियो। अस्पतालमा बस्न टेन्ट, सुरक्षाका सामग्री, खाना आदिको व्यवस्थापन अस्पताल, नेपाल प्रहरी, नेपाल स्काउट, नेपाली सेना लगायतले सहयोग गरेका छन्।
शंकास्पद बिरामीको स्वाब लिन प्रत्यक्ष सहयोग गर्ने राजेशले एकपटक आफ्नो आरडीटी र पीसीआर परीक्षण गराइसकेका छन्। ती परीक्षणले उनमा संक्रमण नेगेटिभ देखाएको थियो।
संक्रमणमुक्त रहेको खबरले उनलाई काममा अझै जिम्मेवार बन्न उत्साह थपिदिएको छ। भन्छन्, “हामीले यो जोखिम पनि आत्मसन्तुष्टिका लागि उठाएका हौँ। यहाँ कुन बेला कस्तो प्रकृतिको बिरामी आउँछन् टुङ्गो हुदैन।”
समुहका कान्छा सदस्य न्हुज किजू भन्छन्, “घर जान मन त लाग्छ तर हामी यहीँ सुरक्षित छौँ र काममा खुशी पनि।”
पुनम भने जुनसुकै जिल्लामा पनि आवश्यक पर्दा पुगेर सहयोग गर्न तयार भएको बताउँछिन्।
लकडाउनको अवस्थामा समाजसेवा गर्न तयार हुने समाजसेवीहरुलाई उनीहरुको सुझाव छ, “पहिला आफ्नो सुरक्षा र त्यसपश्चात् अरुको उद्धार गर्नुहोस्। हामीले पनि हामी सुरक्षित छौँ भन्ने रिपोर्ट लिँदै काम गरिरहेका छौँ।”
दिन त उनीहरुको भागदौडमा जान्छ। रात भने अनिद्रामा। हरेक रात ओछ्यानमा पल्टेर पनि उनीहरु छिट्टै निदाउन सक्दैनन्।
दिनभरीको भागदौडले उनीहरुका खुट्टा पोलेका र सुन्निएका हुन्छन्। अस्पतालको प्राङ्गणमै ३५ दिन बिताएका उनीहरुको एउटै कामना छ, “यो महामारी चाँडै साम्य होस्।”
" /> भक्तपुर। २०७४ सालको दशैंताकाको घटना। दशैं मनाउन काठमाडौंबाट बेसीशहर जाने क्रममा सडकमा ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बने, राजेश गाईजु।उनी उद्धार तथा विपत व्यवस्थापनको तालिमप्राप्त थिए। तैपनि बेवास्ता गरेकोमा बेसीशहर पुगेपछि उनलाई पछुतो लाग्यो। त्यहीबेला उनले प्रण गरे- ‘अब म कुनै पनि हालतमा आवश्यक सबैलाई उद्धार र सहयोग गर्छु।’

">