खोटाङ। होम क्वारेन्टाइनमा बस्ने सर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीनजना सर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्।
१४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा कबुलियतनामा गरेर घर ल्याइएका उनीहरूलाई सर्त उल्लंघन गरेपछि इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो।
घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा-४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए।
तीन दिनअघि पनि वडा नम्बर-८ धितुङका दुई युवतीलाई पनि होम क्वारेन्टाइनमा नबसेकोमा पक्राउ गरिएको थियो।
१७ वर्षीया र २१ वर्षीया उनीहरूलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ।
लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक हजार २६७ जनालाई २५ वटा बस रिजर्भ गरेर घर ल्याइएको थियो।
ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिए। रासस
" /> खोटाङ। होम क्वारेन्टाइनमा बस्ने सर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीनजना सर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्।१४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा कबुलियतनामा गरेर घर ल्याइएका उनीहरूलाई सर्त उल्लंघन गरेपछि इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो।

">