एकजना संक्रमित भेटिएको झापाको दमकमा ८४ जनाको नमूना संकलन
दमक। झापाको दमकमा हालसम्म ८४ जनाको कोभिड-१९ परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ।

चार दिनअघि दमक-३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म दमकमा ८४ जनाको पीसीआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल लिम्बूले बताए।

पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनामा परीक्षण गरिएको र त्यसमा ती वृद्धमा सङ्क्रमण देखिएको हो।

त्यस्तै दुई दिनअघि संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका ५४ जनाको आरडीटी परीक्षण तथा स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ।

पीसीआर परीक्षणको नतिजा आजसम्म आउनेछ। संक्रमित क्षेत्रमा डा. लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्राविधिकको छुटाछुट्टै चार टोली परिचालित छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्