सिंगापुरका मजदूरमा कोभिड–१९ को संक्रमण तीव्र
सिंगापुर । सिंगापुरमा कोभिड–१९ को दोस्रो चरणको संक्रमण शुरु भएको छ ।

सिंगापुरमा हालसम्म १४ हजार बिरामी फेला परेका छन् । तीमध्ये अधिकांश आप्रवासी मजदूर हुन् । मजदूरहरू बस्ने १२ वटा डर्मेटरीलाई सरकारले आइसोलेसनमा राखेको छ, जहाँ सयौं मजदूर छन् ।

ट्रान्जिएन्ट वर्कर्स काउन्ट टुका एलेक्स वूले बीबीसीलाई बताएअनुसार हालसम्म पर्याप्त मात्रामा परीक्षण भएको थिएन । कसको परीक्षण गर्ने र कसको नगर्ने भन्ने स्पष्ट हुन नसकेको उनले बताए ।

‘उच्च ज्वरोको समस्या देखिएका बिरामीलाई डाक्टरहरूले जाँचिरहेका थिएनन्,’ उनले भने, ‘प्यारासिटामोल मात्र खान भनिरहेका थिए ।’ सोही कारण चिकित्सकहरूले कसको जाँच गरे र कसको गरेनन् भन्ने नै स्पष्ट छैन ।

सरकारको परीक्षण क्षमतामाथि प्रश्न उठेको उनको भनाइ छ । ‘सिंगापुरको स्वास्थ्य सेवा नै संकटमा परेको आभास हुन्छ,’ उनले भने ।

सिंगापुरका स्वास्थ्य मन्त्री जोन किम योङले भने परीक्षणको दरमा कहिल्यै कमी नगरिएको दाबी गरे । दैनिक तीन हजार मजदूरको परीक्षण गरिएको उनले बताए । डर्मेटरीमा बस्ने २१ हजार मजदूरमध्ये हरेक १५ जनामा एकको परीक्षण गरिएको उनको भनाइ छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्