चीनको सांघाईमा बालबालिका स्कुल जान थाले, तर आशंका कायम

सांघाई । चीनको सबैभन्दा ठूलो शहर सांघाईमा बालबालिका विद्यालय जान थालेका छन् ।

हाइस्कुल र मिडिल स्कुलका अन्तिम वर्षका बालबालिकाका लागि पठनपाठन खुला गरिएको हो । खासगरी, विश्वविद्यालय प्रवेश परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालय खुला गरिएको अधिकारीहरूको भनाइ छ ।

विश्वविद्यालय प्रवेश परीक्षा आगामी जुलाईमा हुँदैछ । कोरोना भाइरसको संक्रमण शुरु भएको वुहान शहरमा ६ मेदेखि नै विद्यालयहरू खुलिसकेका थिए ।

विद्यालय पुगेका बालबालिकालाई भौतिक दूरी कायम राख्न भनिएको छ ।

कोभिड–१९ को महामारी धेरै हदसम्म नियन्त्रण आइसकेको चीन सरकारको दाबी छ । गत शुक्रबारयता चीनमा २६ जना नयाँ बिरामी मात्र फेला परेका छन् ।

बीबीसीका अनुसार त्यससहित चीनमा कुल संक्रमितको संख्या ८२ हजार आठ सय ३० पुगेको छ । कोभिड–१९ को उद्गम स्थल वुहानका अस्पतालहरूमा बिरामी बाँकी नरहेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्