काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ४३५ पुगेको छ। २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरस संक्रमित नयाँ विरामी थपिएका छन्।
आज बिहानको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु भएकाको संख्या ९३४ पुगेको छ। जसमध्ये ६२ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८६८ जना भने उपचारपछि निको भइसकेका छन्। २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन्।
भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित राज्य हो। संक्रमण दर घट्न सकेको छैन।
महाराष्ट्र राज्यमा मात्र संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ। त्यहाँ ३६९ जनाको मृत्यु भइसकेको छ।
दोस्रो बढी प्रभावित गुजरातमा ३ हजार ५४८ संक्रमित देखिएकामा १६२ जनाको मृत्यु भइसकेको छ।
उता राजधानी दिल्लीमा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित मध्ये ५४ को मृत्यु हुँदा ८७७ जना उपचारपछि निको भएका छन्।
कोरोना भाइरसको संक्रमण नथामिएपछि भारत सरकारले रोकथामका लागि ३ मेसम्म लकडाउन लम्ब्याएको छ।
" /> काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ४३५ पुगेको छ। २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरस संक्रमित नयाँ विरामी थपिएका छन्।

">