प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष दाहाल बालुवाटारमा
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न भएको विवाद निरुपणका थुप्रै प्रयास भइरहँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पुनः छलफल शुरू गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका छन्।

प्रधानमन्त्री ओली र दिउँसो १ बजे पुगेका दाहालबीच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।

सरकारले गत ८ वैशाखमा ल्याएका दुईवटा अध्यादेशका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

त्यो विवादपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरिसकेकी छन्।

दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर यसबारे छलफल गर्न स्थायी समितिको बैठक बोलाउनुपर्ने माग गरेपछि अध्यक्षद्धय ओली र दाहालबीच चिसोपना थप बढेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्