आफैं कोरोना भाइरसको संक्रमणमा परेर न्युयोर्ककी चिकित्सकको निधन
न्युयोर्क । कोभिड-१९ का बिरामीको उपचारमा खटिएकी अमेरिकाको न्युयोर्ककी एक चिकित्सकको निधन भएको छ ।

बीबीसीका अनुसार डा. लोर्ना ब्रिनको आफैं संक्रमणमा परेर निधन भएको हो । उनी म्यानहटनस्थित न्युयोर्क-प्रेस्बिटेरिएन एलेन हस्पिटलमा आकस्मिक विभागकी निर्देशक थिइन् ।

प्रहरीका अनुसार उनको गत आइतबार उपचारका क्रममा निधन भएको हो । ‘बिरामीको उपचारमा खटिँदै गर्दा उनको निधन भयो,’ डा. ब्रिनका पिता डा. फिलिप ब्रिनले भने ।

डा. फिलिपका अनुसार उनकी छोरीमा मानसिक बिरामीको पृष्ठभूमि थियो ।

अमेरिकाभर कोभिड-१९ का कारण हालसम्म ५६ हजार जनाको मृत्यु भइसकेको छ । तीमध्ये न्युयोर्कका मात्र १७ हजार पाँच सय जना छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्