महामारीविरुद्ध लड्न नेपाललाई युरोपेली संघको ९ अर्ब ८० करोड सहयोग <p>काठमाडाैं। युरोपेली संघले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ।</p> <p>कोभिड-१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो।</p> <p>काठमाडाैंस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड-१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको &lsquo;टिम युरोप प्याकेज&rsquo; स्थापना गरिएको छ।</p> <p>संघले यही २२ वैशाखमा कोभिड-१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले &lsquo;अनलाइन&rsquo; प्रतिबद्धता सम्मेलन गर्ने जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्