कैलाली। कोभिड–१९ को महामारीले विश्व समुदाय नै प्रभावित भइरहेका बेला नेपालमा पनि यसको बहुआयामिक असर परेको छ।
यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेदेखि स्वदेश र विदेशमा रहेका नेपालीलाई आफ्ना दैनिक कार्य तथा जीवनशैलीमा नै प्रभावित बनाएको छ। तर, यो सङ्क्रमणको त्रासले नेपाली समाजमा स्वास्थ्य चेतनामा भने सकारात्मक परिवर्तन ल्याइदिएको छ।
महामारीबाट बच्नका लागि नागरिकले जीवनशैलीमा परिवर्तन गर्न थालेसँगै उनीहरूमा आफ्नो र परिवारको स्वास्थ्यका सम्बन्धमा भने चेतना बढ्दै गएको पाइएको छ।
सङ्क्रमणको जोखिम बढेपछि यहाँका नागरिकले सरसफाइमा विशेष ध्यान दिन थालेका छन् भने यसले मानिसको रहनसहनमा समेत सुधार ल्याउन थालेको देखिएको छ।
पहिले–पहिले नागरिकले खाना खानुअघि र दिसा–पिसाब गरेपछि मात्र हात धुने गरेकामा अहिले भने हरेक काम गरिसकेपछि साबुनपानीले हात धुने गरेका छन्। यहाँका स्थानीय नागरिकका पानी पँधेरोहरूमा अहिले साबुनको प्रयोगलाई विशेषरूपमा ध्यान दिन थालिएको छ।
शिक्षिका केशरा जिसी पहिले खाना खानुअघि र शौच गरेपछि मात्र साबुनपानीले हात धुन्थिन्। आजभोलि उनले हरेक काम गरिसकेपछि अनिवार्य रूपमा साबुनपानीले नै हात धुन थालेकी छन्।
“म सरसफाइमा ध्यान दिन थालेकी छु। अहिले त जुनसुकै काम गरिसकेपछि नै साबुनपानीले हात धुने बानीको विकास भएको छ”, शिक्षिका जिसीले भनिन्, “मेरो घरका सबै सदस्यले अहिले सरसफाइमा ध्यान दिन थालेका छन्। छोराछोरी पनि सचेत भएका छन्। बाहिर गएर आयो कि, साबुनपानीले हात धुन्छौँ, मास्क अनिवार्य रूपमा प्रयोग गर्छौँ।”
कैलालीको टीकापुर–४ का रुपसिंह विकले पनि सङ्क्रमणबाट बच्ने उपाय सरसफाइ हो भन्ने बुझेका छन्। विपन्न अवस्थाका रुपसिंहलाई कोभिड–१९ सङ्क्रमण फैलिएपछि शुरूमा छिमेकीले दुई चक्की साबुन किनेर दिए। त्यसपछि उनको पनि साबुन प्रयोग गर्ने बानीको विकास भएको छ। “मैले नुहाउँदा मात्रै साबुन प्रयोग गर्थेँ, मेरो आर्थिक अवस्था कमजोर छ”, ७१ वर्षीया रुपसिंहले भने, “टीकापुर नगरपालिकाले राहतसँगै तीनवटा साबुन दियो, स्वयंसेविका आएर पनि दिनुभयो। आजभोलि त बानी बसेको छ, त्यतिमात्र होइन, हाम्रो गाउँमा मास्क भए मास्क र नभए कपडाले मुख छोपेर पनि हिँड्ने गर्छौँ।”
यसअघि मागेर गुजारा गर्ने रुपसिंहको घरमा खाद्यान्न सकिएपछि छिमेकी र नगरपालिकाले दुईपटक राहत दिएका छन्। “छिमेकीले सधैँ साबुनपानीले हात धुनु, दैनिक कपडा धुनु, नुहाउनु भनेका छन्”, रुपसिंहले भने, “बाँच्नका लागि सरसफाइ गर्नु त राम्रै रहेछ।”
घोडाघोडी नगरपालिका–१० कि निर्मला विकको दैनिकी नै फेरिएको छ। कृषिकर्म गर्ने निर्मलालाई आजभोलि मेलापात जान पनि डर लाग्छ। “घर बाहिर जान डर लाग्छ। कृषक भएकाले काम गर्नैपर्छ बाहिर हिँड्दा मास्क लगाएर जान्छु”, विकले भनिन् “पटकपटक स्यानिटराइजर प्रयोग गर्छु, दैनिक नुहाउँछु, कपडा बदल्छु, साबुनपानीले हात धुने त पहिले पनि गरिन्थ्यो।”
घोडाघोडी नगरपालिका–३ जुरपानीदेखि प्रत्येक दिन बिहान सुखडबजार तरकारी बेच्न आउने सीतापती चौधरीको पनि सङ्क्रमणको त्रासले बानी व्यवहार परिवर्तन भएको छ। आजभोलि सीतापती तरकारी बेच्न आउँदा प्लास्टिकलाई पञ्जा बनाएर लगाएर आउनुहुन्छ। “तरकारी नबेचौँ, बारीमै सडेको छ। त्यसैले प्लास्टिकको पञ्जा बनाएर हातमा लगाएकी छु”, सीतापतीले भनिन्, “बजारदेखि फर्किएर केटाकेटी छुन्न, पहिला सरसफाइ गर्छु अनिमात्र घरभित्र पस्छु।”
जोशीपुर गाउँपालिका–१ का वडाध्यक्ष विधिराम चौधरीले दिनमा सय जनासँग हात मिलाउँथे। “सङ्क्रमणको जोखिम बढेपछि सबैसँग नमस्कार गर्छु, हात मिलाउने बानी छुटेको छ”, वडाध्यक्ष चौधरीले भने, “हात मिलाउने काम खासै राम्रो होइन रहेछ, महामारीको दृष्टिकोणले हेर्दा, त्यसैले अहिले एकअर्कालाई कोरोनाको बारेमा सचेत गराउन थालेका छौँ र हात मिलाउनुको सट्टा नमस्कार नै गर्ने गर्दछौँ।”
स्थानीय तहले सङ्क्रमणको जोखिम बढेपछि नागरिक सचेत गराउने कार्य गर्न थालेका छन्। स्थानीयस्तरमा जनचेतना जगाउने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिन सचेत गर्ने कार्य भएको छ। कैलालीको जोशीपुर गाउँपालिकाले नागरिकको रहनसहन परिवर्तनका लागि माइकिङ नै गरेर सरसफाइसम्बन्धी सन्देश दिनुका साथै बस्तीमा स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरेको छ।
अधिकांशले तातोपानी, गुर्जो, बेसार, मरिच अदुवा घोडताप्रेजस्ता जडीबुटी प्रयोग गर्ने गरेको बताउँछन्। उनीहरूले सञ्चारमाध्यममा आएका अन्य सुरक्षाका बारेमा समेत चासो राख्ने गरेका छन्। “स्वास्थ्य संस्थामा आउने हरेक नागरिक यतिखेर सचेत भएको पाइन्छ। उनीहरू स्वास्थ्य संस्थामा आउँदा आफ्नो सुरक्षा अपनाएर आउने गरेका छन्”, स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोखरेलले भने, “आफ्नो दैनिकीसमेत परिवर्तन गरेको उनीहरू सुनाउँछन्।” पोखरेलले स्वयंसेविका परिचालन गरेर टोलटोलमा हात धुन सिकाउने कार्य गरेको बताए।
यस क्षेत्रका स्थानीय तहले सरसफाइसम्बन्धी जनचेतना फैलाउन लाखौँ रूपैयाँ खर्च गरेका छन्। टीकापुर नगरपालिकाले १० लाख रकम खर्च गरिसकेको छ। नगरपालिकाले विपन्न परिवारलाई साबुन वितरण गरेको छ।
जानकी गाउँपालिकाले भने नागरिकलाई खानपानिबारे विशेष जानकारी दिन थालेको छ। गाउँपालिकाले नागरिकलाई शुद्ध पानी पिउन, हरियो तरकारी तथा पोषिलो खानेकुरा खान सिकाउन थालेको छ।
“हामीले नागरिकलाई आफ्नै घर तथा छिमेकमा पाउने पोषिलो खानेकुरा खान, शुद्ध पानी पिउन, झोलिलो खानेकुरा खान सन्देश दिइरहेका छौँ”, स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भने, “विपन्न बस्तीमा मास्क, स्यानिटइजर, साबुनसमेत वितरण गरेका छौँ, मानिस निकै सचेत भएको देखिन्छ।”
लम्की चुहा नगरपालिका पनि लकडाउनका कारण मानिसको जीवनशैली अस्तव्यस्त भएपछि सहज बनाउन क्रियाशील रहेको छ। नगरप्रमुख महादेव बजगाईँ विश्व महामारीसँग लडिरहेका बेला नगरपालिकाले खाद्यान्न वितरणसँगै जनचेतना फैलाउने कार्य पनि अघि बढाएको बताउँछन्। “हामीले खाद्यान्न मात्र होइन, प्रत्येक परिवारलाई साबुन वितरण गरेका छौँ”, नगरप्रमुख बजगार्इँले भने “बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ भनेर सम्झाउने कार्यमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवी परिचालन गरेका छौँ।”
नगरभित्र स्वास्थ्यका बारेमा विगतको तुलनामा यतिखेर नागरिक बढी चनाखो भएको उनले बताए। कैलालीका स्थानीय तहले चैतदेखि भारतबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन गरी उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यसमेत गरेका छन्। “चैत महीनापछि आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर फर्काउने कार्यसमेत भएको छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “हामीले बजारमा स्यानिटाइजर गर्ने कार्यसमेत गरेका छौँ।”
बजारमा हिँड्दा मास्क नलगाउने र स्वास्थ्यका बारेमा ध्यान नदिनेहरूप्रति नगरपालिका गम्भीर उनले बताए। नगरप्रमुख रावलले भने, “मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सचेत गराउने गरेको छ भने सामाजिक दूरी कायम गर्न लगाएका छौँ।”
कैलालीको अर्को स्थानीय तह घोडाघोडी नगरपालिकाले समेत नगरभित्रका प्रत्येक चोकमा हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाएको छ। नगरप्रमुख ममताप्रसाद चौधरीले प्राकृतिक विपद् व्यवस्थापन तयारी कोष स्थापना गरी राहत तथा उद्धारका कार्य गरिरहेको बताए।
यो महामारीभन्दा पहिला विपद् कोषलाई स्थानीय सरकारले खासै महत्व दिएका थिएनन्। स्थानीय तहले विपद् कोष स्थापनाका विषयमा गम्भीरता पनि देखाएनन् र बजेट पनि पर्याप्त राखेको पाइँदैन।
“स्थानीय सरकार विपद्का बारेमा खासै गम्भीर छैनन्। कतिपय स्थानीय सरकारले विपद् कोषसमेत स्थापना गरेका थिएनन्”, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भने, “यो महामारीले स्थानीय जनप्रतिनिधिलाई पनि विपद्का बारेमा सिकाएको हुनुपर्छ। विपद्जस्तो विषयमा सरकारले प्रष्ट नीति बनाएर पीडितलाई राहत दिनेदेखि विपद् व्यवस्थापन गर्न जरुरी छ।”
टीकापुर नगरपालिकाको आकस्मिक कोषमा ८२ लाखभन्दा बढी रकम जम्मा भएको छ। लम्कीचुहाको विपद् व्यवस्थापन कोषमा एक करोडभन्दा बढी रकम जम्मा भएको नगरपालिकाले जनाएको छ। दुर्गा देवकोटा र प्रकाश मिश्र/रासस
" /> कैलाली। कोभिड–१९ को महामारीले विश्व समुदाय नै प्रभावित भइरहेका बेला नेपालमा पनि यसको बहुआयामिक असर परेको छ।यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेदेखि स्वदेश र विदेशमा रहेका नेपालीलाई आफ्ना दैनिक कार्य तथा जीवनशैलीमा नै प्रभावित बनाएको छ। तर, यो सङ्क्रमणको त्रासले नेपाली समाजमा स्वास्थ्य चेतनामा भने सकारात्मक परिवर्तन ल्याइदिएको छ।

">