काठमाडौं। नेपाल एअरलाइन्सको जहाज १८ वैशाखमा दक्षिण कोरिया जाने भएको छ।
विदामा नेपाल आएका दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई लिएर नेपाल एअरलाइन्सकाे जहाजले दक्षिण कोरियाको सिओलका लागि उडान भर्न लागेको हो।
विदामा आएका नेपालीहरूलाई गैरआवासीय नेपाली संघले कोरिया फर्काउने व्यवस्था मिलाएको हो।
नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले १८ वैशाखको बिहान १०ः३० बजे जहाज दक्षिण कोरियाका लागि प्रस्थान गर्ने उडान तालिका रहेको बताइन्।
नेपाल एअरलाइन्सको ३३० सिरिजको वाइडबडी जहाज दक्षिण कोरियाको सिओल पुगेर फर्किने छ।
१४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले विदामा नेपाल आएका दक्षिण कोरियामा कार्यरत् नेपालीलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको थियो।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको समन्वयमा नेपालीलाई फिर्ता लैजाने व्यवस्था गरिएको काठमाडौंस्थित् गैरआवासीय नेपाली संघ सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले बताए।
जहाजको भाडा भने दक्षिण कोरिया फर्कने नेपाली कामदारहरूले नै तिनुपर्छ। २८० जना यात्रु उक्त जहाजमा दक्षिण कोरिया फर्कन लागेको उनले बताए।
“विदामा आएका नेपालीहरूको विदाको अवधि सकिएको थियो। उनीहरूले एक महीनाको विदा अवधि थप गरेको थिए। अहिले कोरिया सरकारले ‘काममा फर्किने भए फर्कनू नभए रोजगारी गुम्छ’ भनेपछि गैरआवासीय नेपाली संघ कोरियाले उनीहरूलाई लैजान समन्वय मात्रै गरिदिएको हो”, दवाडीले भने।
करीब ४५० जना नेपाली दक्षिण कोरिया फर्कन चाहेको भए पनि अहिलेका लागि २८० जनालाई मात्रै लैजान सक्ने उनले बताए।
" /> काठमाडौं। नेपाल एअरलाइन्सको जहाज १८ वैशाखमा दक्षिण कोरिया जाने भएको छ।विदामा नेपाल आएका दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई लिएर नेपाल एअरलाइन्सकाे जहाजले दक्षिण कोरियाको सिओलका लागि उडान भर्न लागेको हो।

">