चितवन। लकडाउनसँगै बन्द भएको चितवनको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरू भएका छन्।
११ चैतबाट लकडाउन शुरू भएसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालमा आएका बहिरङ्गका बिरामीलाई सेवा दिन थालिएको छ।
बिहान ९ः३० देखि ११ बजेसम्म टिकट काट्ने र दुई घण्टा परीक्षण गर्न सकिने उनले जानकारी दिए।
सामाजिक दूरी कायम गर्नका लागि अस्पतालले विभिन्न १४ विभागलाई फरक ठाउँ व्यवस्थापन गरेको छ। कतिपय पहिलेकै ठाउँ छन् भने कतिपय नयाँ स्थानमा व्यवस्थापन गरिएको छ।
गत वर्षमा यतिबेला दैनिक दुई हजार बिरामी बहिरङ्ग सेवामा आउने यस अस्पतालमा लकडाउनका कारण उपचारका लागि आएका बिरामी त्यसै फर्कनुपर्ने बाध्यता थियो।
भरतपुर अस्पताललाई कोभिड-१९ को दोस्रो श्रेणीका बिरामी उपचार गर्ने अस्पतालका रूपमा राखिएको छ। तिवारीका अनुसार हाल अस्पतालमा एकजना कोरोना रोगका संक्रमित भए पनि उनलाई विशेष ढंगबाट निगरानीमा राखिएकाले अन्य जोकोहीलाई खतरा छैन।
अस्पतालले सेवा शुरू गरेसँगै पहिलो दिन १२० ले उपचार लिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। रासस
" /> चितवन। लकडाउनसँगै बन्द भएको चितवनको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरू भएका छन्।११ चैतबाट लकडाउन शुरू भएसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए।

">