कोभिड-१९ बाट संसारभर ११४ स्वास्थ्यकर्मीको मृत्यु
<p>लन्डन। बीबीसीले संकलन गरेको तथ्यांक विश्लेषणअनुसार कोभिड-१९ बाट हालसम्म संसारभर एक सय १४ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।</p>
<p>मृतकमध्ये ५९ जना पुरुष र ५४ महिला स्वास्थ्यकर्मी छन्। मृतकमध्ये दक्षिण एशियाको पृष्‍ठभूमिका २१ र पूर्वी एशियाका १९ तथा अन्य अल्पसंख्यक समुदायका गरी ७० जना छन्।</p>
<p>मृतकमध्ये २४ जना नर्स, ३९ जना मिडवेफरी र स्वास्थ्य सेवामा संलग्‍न ५१ जना छन्।</p>
प्रतिक्रिया दिनुहोस्