काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १९३ जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ।
आरडीटी र पीसीआर विधिबाट उनीहरूमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा दुई जना नयाँ बिरामी थपिएका छन्।
उनका अनुसार रौतहटमा थप दुई जनामा कोरोना संक्रमित भेटिएका हुन्। २५ र ३५ वर्षका तीन पुरुष दुवैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ५४ हजार ८२६ जनामा नमूना परीक्षण गरिएको बताए।
उनका अुनसार पीसीआर विधिबाट १० हजार ८०७ र आरडीटी विधिबाट ४४ हजार १९ नमूना परीक्षण गरिएको छ।
उनका अनुसार प्रदेश १ मा ४ हजार ८२८, प्रदेश २ मा ५ हजार २४९, बागमती प्रदेशमा ८ हजार १४, गण्डकी प्रदेशमा चार हजार ९३६, प्रदेश ५ मा पाँच हजार ३२८, कर्णाली प्रदेशमा पाँच हजार १८१ र सुदूरपश्चिम १२ हजार २८३ जनामा आरडीटी परीक्षण गरिएको छ।
अहिलेसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ९९ पुगेको छ।
प्रदेश ५ मा सबैभन्दा बढी १२ हजार १६४ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रदेश १ मा २ हजार २८८, प्रदेश २ मा १ हजार ५१२, बागमती प्रदेशमा ३६१ र गण्डकी प्रदेशमा ६७६ जना क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी, कर्णाली प्रदेशमा ३ हजार ७८९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३०९ जना क्वारेन्टाइनमा रहेका छन्।
काठमाडौं उपत्यकामा ४ र बाहिर १०३ गरी १०७ जना आइसोलेसनमा उपचाररत् रहेको प्रवक्ता देवकोटाले बताए।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १९३ जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ।आरडीटी र पीसीआर विधिबाट उनीहरूमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">