लकडाउनमा काठमाडाैं महानगरद्वारा साढे ७३ हजार जनालाई राहत

काठमाडाैं। काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ।

विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ।

काठमाडाैं महानगरकाे ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो।

महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो।

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ।

महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरूलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ।

महानगरले नगर क्षेत्रमा एक हजार बढीको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्